डेकनाथ गौतमले भने,–‘काम सकिएको हो भने बसपार्क सञ्चालनमा ढिला नगरौं’


नेपालगञ्ज -भेरी यातायात व्यवसायी प्रालिका अध्यक्ष डेकनाथ गौतमले नेपालगञ्ज बसपार्क छिटो सञ्चालन हुनुपर्ने बताएका छन् । काम सम्पन्न भइसकेको भए सञ्चालनमा ल्याउन ढिला गर्न नहुने गौतमको सुझाव छ ।

गौतम यातायात व्यवसायी महासंघका उपमहासचिव हुन । उनले नेतृत्व गरिरहेको प्रालिमा जिल्लाकै सबैभन्दा धेरै बस छन् । ती बस कहिले सडकमा त कहिले कहाँ पार्किङ्ग गरी राख्नुपरेको छ । भेरी मात्र होइन यहाँका सबै समितिका बसहरु छरिएर रहन बाध्य छन् । व्यवसायी मात्र होइन सर्वसाधारणलाई पनि यात्रा गर्न कठिन भएको छ । अध्यक्ष गौतमले ‘निर्माणको काम हुने क्रममा यस्ता कठिनाई हुनु स्वाभिवक भए पनि अब भने झेल्न नसकिने’ बताए ।

‘निर्माणका क्रममा सबैले कुनै न कुनै कठिनाई झेल्नुपर्छ । अब भने जतिसक्यो छिटो बसपार्क सञ्चालन गर्न तर्फ लागौं ।’– गौतमले नेपालगञ्ज बिजनेशसंगको कुराकानीमा भने । उनले नेपालगञ्ज उपमहानगरपालिकालाई ध्यानार्कषण गराएको बताए । अत्याधुनिक सुविधा सम्पन्न नेपालगञ्ज बसपार्कको काम लगभग सकिएको छ । केही ‘फिनिसिङ्ग’को काम सकिने बित्तिकै बसपार्क सञ्चालन गर्ने तयारी भइरहेको छ ।

प्रकाशित मितिः     २९ श्रावण २०७६, बुधबार ०७:४१  |