खेलाडी बनाउने अभियान शुरु


नेपालगञ्ज -खजुरागाउँपालिका वडा नं. २ मा इन्प्रोकको सहयोगमा आयोजनामा बालबालिकालाई फुटवल प्रशिक्षण दिन शुरु गरिएको छ । तीन वर्षमा नियमित दिने प्रशिक्षणबाट गाउँमै अब्बल खेलाडी उत्पादन गर्ने लक्ष्य राखेको अभियानता ऋषी पोखरेलले जानकारी दिए । उनका अनुसार प्रशिक्षणमा झण्डै सय बालबालिका सहभागि छन् ।
उद्घाटन कार्यक्रममा प्रदेश सांसद बाबुराम गौतम, अखिल नेपाल फुटवल संघका केन्द्रीय सदस्य प्रदेशसिंह राठौर, जिल्ला अध्यक्ष भोजराज शाही, इन्प्रोक अध्यक्ष तेजबिक्रम शाह लगायतको सहभागिता थियो ।

प्रकाशित मितिः     ३२ श्रावण २०७६, शनिबार २०:३५  |