जसगढको अध्यक्षतामा राप्रपा निकट व्यवसायीको नयाँ कार्यसमिति


नेपालगञ्ज – राष्ट्रिय प्रजातन्त्र पार्टी निकट व्यवसायीको संगठन राष्ट्रिय प्रजातान्त्रिक उद्योग व्यापार संगठनको अध्यक्षमा सलाउद्धिन जसगढ चयन भएका छन् । नेपालगञ्ज उद्योग वाणिज्य संघको आगामी चूनावमा लक्षित गर्दै नयाँ कार्यसमिति चयन गरेको उक्त संगठनले जनाएको
छ ।

आज गठन गरिएको समितिको सह–संयोजकमा तेजनारायण कँडेल, बिन्दु चर्तीमगर, रमेश श्रेष्ठ छन् । त्यस्तै सचिवमा मनोज तिवारी,कोषाध्यक्षमा चन्द्र श्रेष्ठ लगायतको २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । राप्रपाका नेता एवं नेपालगञ्जका मेयर धवल शमसेर राणाको प्रमुख आतिथ्यतामा नयाँ कार्यसमिति चयन भएको हो ।

प्रकाशित मितिः     ३२ श्रावण २०७६, शनिबार १९:२५  |