नेपालगञ्ज -दैनिक कयौं मानिसले अवलोकन गर्ने नेपालगञ्जको रानीतलाउँलाई रात्रिकालिन उज्यालोका लागि आर्कषक बल्व राखिएको छ । जसले राती रानीतलाउलाई झिलिमिली पार्छ । तलाउ झिलिमिली बनाउनका लागि राखिएको बल्वको स्वीच बक्स भने हरियो पाम जातका रुखमा राखिएको छ । रुखमा स्वीचबक्स राखेर त्यसैमा बल्व राखिएको छ ।
रानीतलाउमा उज्यालो अत्यावश्यक भए पनि स्वीच बक्स भने करेन्ट प्रवाह हुने रुखमा राखिएकाले दुर्घटनाको जोखिम बढेको छ । लामो तार राखेर नजिकैको पर्खालमा स्वीच बक्स राख्ने तर्फ सोचिएन । नेपालगञ्ज उपमहानगरपालिकाले उक्त तलाउ ठेकेदार मार्फत सञ्चालन गर्न दिएको छ ।
https://nepalgunjbusiness.com/2019/08/10606/