सिटिजन्स बैंक नेपालगञ्जका शाखा प्रबन्धकको निधन


नेपालगन्ज – सिटिजन्स बैंक नेपालगन्जका शाखा प्रबन्धक विवेक श्वाँरको आईतवार राती निधन भएकोछ । हृदयघात भएर भेरी अस्पताल ल्याइएका स्वाँरको उपचारका क्रममा निधन भएको हो ।

मुटु रोग सम्बन्धि पीडित रहेका स्वाँरलाई हृदयघात भएपछि उपचारका लागि भेरी अस्पताल ल्याएको थिए । अस्पतालमा ल्याइएका स्वाँरको उपचारका क्रममा आईतबार राती साढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएकोछ ।

प्रहरीका अनुसार मृतक स्वाँर मुटु रोग सम्बन्धि पीडित थिए । सिटिजन्स बैंकमा दिनभर ब्यस्त रहेका स्वाँर आईतबार अबेर बेलुका ६ बजे कार्यालयबाट घर गएको प्रहरीले जनाएकोछ । घर गएका स्वाँर एक्कासी हृदयघात भएर अस्पताल भर्ना भएका थिए ।  सामाजिक सञ्जालमा बैंक तथा वित्तियक्षेत्रमा काम गर्नेहरुले एउटा अब्बल बैंकर्स गुमाएको प्रतिक्रिया दिएका छन् । सानैदेखि पढाईमा अब्बल स्वाँर मिलनसार र सहयोगी रहेको सहकर्मीहरुले बताए ।

प्रकाशित मितिः     ९ भाद्र २०७६, सोमबार ०७:३५  |