‘हामी पश्चिममा गेष्ट सप्लाई गर्छौ’– बिरेन्द्र बहादुर बस्नेतको ‘त्यो’ अन्र्तवार्ता


बिरेन्द्र बहादुर बस्नेत, महाप्रबन्धक बुद्ध एयर

नेपालगञ्जलाई ट्रान्जिट बनाएर पश्चिम नेपालको पर्यटनक्षेत्रको विकास गर्ने बहस शुरु भएको छ  । त्यसका लागि नेपालगञ्ज–दिल्ली–पोखरा उडानको पहल भइरहेको छ । यद्यपी यि उडान कहिले हुन्छ भन्ने एकिन छैन । नेपालगञ्जले चाहाँदैमा उडान भइहाल्ने होइन । सरकारले पूर्वाधार तयार गर्नुपर्छ एयरलाइन्स कम्पनी सहमत हुनुपर्छ । अनि मात्र उडान हुन सक्छ । एयरलाइन्स कम्पनीका नेतृत्वले पश्चिम नेपालको पर्यटन विकासका बारेमा के सोंच्छन् त ? धेरैका लागि जिज्ञासाको विकास बन्दै आएको छ । तर उच्च नेतृत्व कमै खुल्छन् ।

देशको आन्तरिक उडानमा ठुलो एयरलाइन्स कम्पनी बुद्ध एयरका महाप्रबन्धक बिरेन्द्र बहादुर बस्नेतको एउटा पुरानो अन्र्तवार्ता प्रस्तुत गर्दै छौं । अर्थबिशेष अनलाइन बिजमाण्डु डटकममा मार्च २९, २०१४ मा यो अन्र्तवार्र्ता प्रकाशित छ । पत्रकार प्रभात भट्टराईलेबस्नेतसंग लिएको अन्र्तवार्तामा पश्चिम नेपालको पर्यटन प्रर्बधनका बिषयमा बुद्ध एयरका महाप्रबन्धक बस्नेतले महत्वपूर्ण योजना अघि सारेका छन् । चारवर्षको बीचमा धेरैथोक परिवर्तन भइसकेको छ । यद्यपी त्यसबेला बस्नेतले भनेका धेरै विषय अहिले पनि सान्र्दभिक छन् । पश्चिम नेपालको पर्यटन विकासका लागि भइरहेका बहस र छलफललाई अगाडी बढाउन बुद्ध एयरका महाप्रबन्धकको त्यो भनाई महत्वपूर्ण सावित हुन सक्छ ।

प्रस्तुत छ, अन्र्तवार्ताको पश्चिम नेपालसंग मात्र सम्बन्धीत अंश 

तपाईं पर्यटन उद्योगका ‘वाइप्रोडक्ट’मा जाने संभावना ?

-पहिले बुद्ध एयरलाई नै थप सशक्त बनाउनु पर्यो । आगामी दुई बर्षसम्म हामी अन्यत्र कतै पनि ध्यान केन्द्रित नगरि बुद्ध एयरलाई नै बलियो बनाउँछौं ।

अहिले यति धेरै रिसोर्ट होटल पाइपलाइनमा छन, तपाईंलाई यो क्षेत्रले तान्दैन् ?

-तानेको छैन । तयारी गर्नेहरुले खोलुन् । उनीहरुका लागि हामी ‘गेष्ट सप्लाई’ गर्छौैं । जस्तो अहिले हामी बर्दिया प्रबद्र्धन गर्दैछौं । आन्तरिक पर्यटन प्रबद्र्धनका लागि हामी आफैंले विज्ञापन गर्न लागेका हौं । बर्दियामा हामीले सस्तो दरमा उडाएर, होटलसँग ‘नेगोसिएन’मा पर्यटलाई सहयोग गर्दैछौं । त्यसैले बर्दियामा खुलुन् न होटलहरु, शुक्लाफाँटामा खुलुन् । डब्लुडब्लुएफसँग पनि हामी कुरा गर्दैछौं । हाम्रो ‘कम्पिटेन्सी’ भनेको ‘एयरफेयर’ हो । त्यसमा हामी आफ्नो तर्फबाट सक्दो योगदान गर्छौं । किन भने अबको पर्यटन विस्तार मध्य र सुदुर पश्चिम ( अहिले प्रदेश संरचनामा गइसकेको) हो भन्नेमा दुई मत नै छैन । र, त्यसको सुरुवात बर्दिया हो । आजको दिनमा दुई हजार पर्यटक गएका छन् । त्यसलाई ५० हजार पुर्याउन सक्ने कि नसक्ने ? हामीले अहिले नेपालगञ्जमा दैनिक दुई उडान (अहिले तीन) गरि रहेका छौं । पाँचवटा किन नगर्ने ? त्यो अवस्थामा जहाज थप्नु पर्ला तर अवसर त हाम्रै लागि हो । त्यसैले हामीले आफ्नो तर्फबाट पर्यटन प्रबद्र्धनमा सघाउने भनेर नै बर्दियामा ‘कोर फोकस’ गरेका हौं ।
बर्दियालाई ‘क्लिक’ गराउन सक्नु भनेको मध्य र सुदुर पश्चिम ‘वुम’ हुनु हो । त्यसैले त्यहाँ हामीले किन होटल खोल्ने ? त्यहाँका स्थानीयले होटल खोलुन न । स्थानियमा उद्यमशीलता विकास होस् । स्थानीयलाई रोजगारी सिर्जना होस् । थारु गाउँमा होमस्टे बनेका छन, ती सफल बनुन् । हामीले होटल खोल्यौं भने त स्वार्थ बाझिने भयो । मैले मात्र लुटेर कसरी हुन्छ । सबैले बाँडीचुँडी पो खानु पर्छ । वास्तवमा नेपालमा अहिले आर्थिक उन्नतीको जुन नारा चर्केको छ पाँच जना व्यक्तिले देशको पुरा अर्थतन्त्र ‘क्याप्चर’ गरेर त्यो हाँसिल हुन सक्दैन ।

यो अन्र्तवार्ता यता बुद्ध एयरले नेपालगञ्जमा केही परिवर्तन गरेको देखिन्छ । नेपालगञ्ज–काठमाण्डौ उडान थपेको छ । नेपालगञ्ज–दिल्ली उडानको घोषणा गरेको छ । यद्यपी भारतले हवाई रुट नदिदा यो कहिले कार्यान्वयन हुन्छ भन्ने थाहा छैन । बुद्ध एयरले नै नेपालगञ्ज–पोखरा उडान गर्ने भनेको थियो । तर उक्त घोषणा कार्यान्वयन हुन सकेन । अहिले यतिले गर्छु भनेको छ । यहाँ तारे होटलको संख्या पनि बढेको छ ।

प्रकाशित मितिः     ९ भाद्र २०७६, सोमबार ०९:०७  |