टाटा गाडी किन्नेले दुबई भ्रमणको अवसर


काठमाडौं। सिप्रदी ट्रेडिङले नाडा अटो शोमा टाटा गाडी किन्दा अविश्वसनीय अफर ल्याएको छ।सिप्रदीका अनुसार एच फाइभ, एनआरजी, टिगोर, टियागो र नेक्सन बिक्रीमा नगद छुटसहित विदेश भ्रमण समेत पाउनेछन्।

कम्पनीका अनुसार टाटाका जुनसुकै गाडी किन्ने ग्राहकले प्रत्येक गाडीको खरिदमा विदेश भ्रमण, नगद छुट र स्योर सट पुरस्कार पाउने छन्।लक्की ड्रमा एक जनाले स्काइवर्थको स्मार्ट टेलिभिजन पाउनेछन्।

टाटा गाडी किन्नेले विदेश भ्रमणमा एक जोडीका लागि दुबई भ्रमणका साथमा बुर्ज अल अरबमा डिनर तथा वाटर प्लेन फ्लाईटको मजा लिन पाउने कम्पनीले जनाएको छ।कम्पनीका अनुसार यो वाहेक एक वर्ष बराबरको सडक कर छुट र नगद छुट समेत पाउने छन्। कम्पनीले स्योर सट पुरस्कार अन्तर्गत मेलामा गाडी बुकिङ गर्नेले डेलिभरीका समयमा आईफोन एक्सआर फोन पाउने जनाएको छ।

प्रकाशित मितिः     ९ भाद्र २०७६, सोमबार २०:०३  |