पर्यटन मन्त्रीको कार्ययोजनामा नेपालगञ्ज बिमानस्थल परेन !(हेर्नुहोस् कार्ययोजना)


नेपालगञ्ज – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले १ वर्षे कार्ययोजना सार्वजनिक गरेका छन् । उक्त कार्ययोजना भित्र घरेलु उडानमा सबैभन्दा व्यस्त रहनेनेपालगञ्ज बिमानस्थलमा कुनै पनि योजना समेटिएको छैन । पश्चिम नेपालको पर्यटकिय विकासका लागि नेपालगञ्ज बिमानस्थलको स्तरोन्नती हुनुपर्ने आवाज उठ्दै आएको छ । उक्त विमानस्थलबाट नेपालगञ्ज दिल्ली उडान र पोखरा उडान गर्नुपर्ने माग हुँदै आएको छ । यद्यपी मन्त्री भट्टराईको कार्ययोजना भित्र यो बिमानस्थलको नामै छैन । मन्त्री हुनु अघि नेपालगञ्ज आएका बेला भट्टराईले यहाँका होटल व्यवसायीसग छलफल गरेका थिए । उक्त छलफलमा बिमानस्थलको स्तारेन्नतीदेखि पर्यटकिय विकासका बारेमा छलफल भएको थियो ।  मन्त्री भट्टराईले नेपालगञ्ज विमानस्थलको विकासमा सहयोग गर्ने अपेक्षा गरिएको होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भिमलाल कँडेलले बताए ।

हेर्नुहोस् कार्ययोजना

पर्यटनमन्त्री भट्टराईले पर्यटन क्षेत्रका सुधारका लागि १ सय ४० बुँदे योजना सार्वजनिक गरेका छन् ।

कानुनी तथा नीतिगत सुधार

उनको योजनाअनुसार नागरिक उड्डयन क्षेत्रमा नियामक र सेवाप्रदायक निकायको अलग अलग व्यवस्था हुनेगरी नयाँ कानुनहरु तर्जुमाका लागि विधेयकको मस्यौदा २ महिनाभित्र मन्त्रिपरिषदमा पेस गर्ने, नेपाल वायुसेवा निगमलाई सार्वजनिक कम्पनीका रुपमा सञ्चालन गर्नका लागि आवश्यक कानुन संशोधनको मस्यौदा मन्त्रिपरिषदमा ३ महिनाभित्र पेस गर्ने तथा युरोपियन युनियनको कालोसूचीबाट हटाउन पहल गर्ने सुधारका कार्य छन् ।

पर्यटन क्षेत्रको विकास र नेपाल भ्रमण वर्ष २०२०

भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउन १० ओटा स्रोत बजारहरुको पर्यटक आगमन प्रक्षेपण गर्ने, नेपालबाट बाहिरिने पर्यटकको भिसा स्टाम्पिङ, ब्यागेज स्टिकर र बोर्डिङ पासमा भ्रमण वर्षको लोगोसहितको स्टिकर राख्ने, गैरआवासायी नेपाली सङ्घको नेतृत्वमा ‘एक नेपाली एक विदेशी साथी नेपाल पठाऊ’ अभियान सञ्चालन गर्ने कार्यक्रम छन् ।

नागरिक उड्डयन क्षेत्र

सबै प्रदेशका राजधानी जोडिनेगरी निजी वायुसेवा कम्पनी र नेपाल वायुसेवा निगमसँगको छलफलबाट अन्तरप्रदेश हवाई सेवा विस्तार गर्न प्रोत्साहन, फ्लाइङ स्कुल सञ्चालन, रामेछाप विमानस्थलको स्तरोन्नति, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साना जहाज विस्तारै हटाउने, २०१९ को डिसेम्बरभित्र गौतमबुद्ध विमानस्थलको काम सम्पन्न गरी ३ महिनाभित्र परीक्षण उडान गरी व्यावसायिक उडानको पूर्वतयारी गर्ने, सुर्खेत विमानस्थलको विस्तार, ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई आन्तरिक उडानको हवाई भाडामा ५० प्रतिशत छुट दिनेगरी सरोकारवालासँग छलफल गरी कार्यान्वयन गराउने योजना छन् ।

संस्कृति तथा पुरातत्त्व

भूकम्पले क्षतिग्रस्त विश्व सम्पदा सूचीमा रहेका सम्पदासमेत ३ सय ८९ सम्पदाको पुनर्निमाण सुरु गरी १ सय ५० ओटा सम्पदाको पूनर्निर्माण सम्पन्न गर्ने ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुधार

अन्तर्राष्ट्रिय प्रस्थान कक्षतर्फ ड्युटी फ्री सपको व्यवस्था गर्ने, विमानस्थलमा ब्यागेज क्लियरेन्सको कार्य ३० मिनेटभित्र सम्पन्न हुने व्यवस्था मिलाउने, अध्यागमन विभागसँगको समन्वयमा बायोमेट्रिक यात्रुजाँच प्रविधि र अनलाइन भिसा र ई–पेमेन्टको प्रबन्ध मिलाउने ।

नेपाल वायुसेवा निगममा सुधार

निगमका वाइडबडी जहाज ३ महिनाभित्र साउदी अरबको रियाद र चीनको गोन्जाउमा उडान गर्ने, निगमका सबै विमान सञ्चालनमा ल्याउने, अनलाइन टिकटको व्यवस्था गर्ने छन् ।

पशुपति क्षेत्र विकास

आरतीको यूट्युबमार्फत प्रत्यक्ष हेर्न सकिने व्यवस्था मिलाउने र ई–पूजा सञ्चालन गर्ने ।

लुम्बिनी क्षेत्रको विकास

लुम्बिनी क्षेत्रमा ५ लाख फलफूललगायतका विभिन्न विरुवा कम्तीमा ३ वर्षभित्र रोपेर गौतमबुद्ध फलफूल वाटिका घोषणा गर्ने तथा ग्रेटर लुम्बिनी सर्किट गुरुयोजना तयार गर्ने ।

जनकपुर क्षेत्र विकास

स्थानीय तहको समन्वयमा जनकपुरमा आधुनिक विवाह मण्डप निर्माण गर्ने ।

क्र.सं. क्रियाकलाप कार्यसम्पादनअवधि जिम्मेवारनिकाय कैफियत
कानूनी तथा नीतिगत सुधार
१. अन्तर्राष्ट्रिय प्रतिबद्धता तथा हाम्रो आवश्यकता समेत मध्यनजर गरी नागरिक उड्डयन क्षेत्रमा नियामक र सेवाप्रदायक निकायको अलग अलग व्यवस्था हुनेगरी नयाँ कानूनहरु तर्जुमाका लागि विधेयकको मस्यौदा नेपाल सरकार मन्त्रिपरिषदमा पेश गर्ने । २ महिना MoCTCA
२. संघीयताको अवधारणा अनुरुप नेपालको पर्यटन क्षेत्रको विकासका लागि नयाँ ऐनको मस्यौदा तयार गरी नेपाल सरकार मन्त्रिपरिषदमा पेश गर्ने । ६ महिना MoCTCA
३. परिवर्तित सन्दर्भ र वर्तमान आवश्यकता अनुसार लुम्बिनी, पशुपति र जनकपुर क्षेत्र विकास परिषदका नयाँ ऐनको मस्यौदा तयार गरी नेपाल सरकार मन्त्रिपरिषदमा पेश गर्ने । ६ महिना MoCTCA
४. साँस्कृतिक सम्पदाको संरक्षण र व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय तहसमेतको समन्वय र साझेदारी हुने तथा विकास समिति ऐनबाट गठित संस्थाहरुको कानूनी तथा संस्थागत पुनर्संरचना गर्नेगरी साँस्कृतिक सम्पदा संरक्षण र व्यवस्थापन सम्बन्धी छाता कानूनको मस्यौदा तयार गरी नेपाल सरकार मन्त्रिपरिषदमा पेश गर्ने । ६ महिना MoCTCA
५. पर्यटन क्षेत्रमा दक्ष जनशक्तिको दीगो उत्पादन तथा व्यवस्थापनका लागि हाल रहेका संस्थाहरुको पुनर्संरचना गर्ने तथा गाभ्ने समेत कार्यका लागि नेपाल पर्यटन अध्ययन प्रतिष्ठान स्थापनाका लागि नेपाल सरकार मन्त्रिपरिषदमा पेश गरिएको विधेयक संघीय संसद समक्ष पेश गर्ने । २ महिना MoCTCA
६. नेपाल वायुसेवा निगमलाई सार्वजनिक कम्पनीको रुपमा संचालन गर्नको लागि आवश्यक कानून संशोधनको मस्यौदा नेपाल सरकार मन्त्रिपरिषद समक्ष पेश गर्ने । ३ महिना MoCTCA
७. नेपाल वायुसेवा निगमको दीर्घकालीन सुधारका लागि गठित समितिले दिने प्रतिवेदन कार्यान्वयन गर्ने । ३ महिना र निरन्तर MoCTCA
८. नेपालको पर्वतीय पर्यटन सुधारका लागि प्राप्त प्रतिवेदन अनुसार आवश्यक कानून संशोधन प्रस्ताव नेपाल सरकार मन्त्रिपरिषद समक्ष पेश गर्ने । २ महिना MoCTCA
९. Montreal Convention अनुरुप आन्तरिक हवाई सेवामा नेपाली यात्रुलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको बीमा सम्बन्धी व्यवस्था गर्नेगरी कानूनको मस्यौदा तयार गरी नेपाल सरकार मन्त्रिपरिषदमा पेश गर्ने । ४ महिना MoCTCA
१०. नेपालमा नागरिक उड्डयनको विश्वसनीयता बृद्धि गर्न Cape-Town-Convention सम्मिलन गर्न नेपाल सरकार मन्त्रिपरिषदमा पेश गर्ने । ६ महिना MoCTCA
११. नेपालको नागरिक उड्डयन क्षेत्रलाई युरोपियन युनियनको Significance Safety Concern (SSC) बाट हटाउन आवश्यक पूर्व शर्तहरु पूरा गर्ने । ६ महिना DG-CAAN

MoCTCA

१२. तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न Nominee Doissure को तयारी कार्य पूरा गर्ने । साथै, रामजानकी मन्दिर, रामग्रामलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्ने प्रकृया अघि बढाउने । ६ महिना DoA
१३. संघीयताको अवधारणा अनुरुप तोकिएका पर्यटन सेवाहरु प्रदेश सरकार अन्तर्गतबाट संचालन गर्ने गरी हस्तान्तरण गर्ने । ३ महिना DoT
१४. परिवर्तित अवस्था अनुसार होटल रेष्टुरेन्ट लगायत पर्यटकीय सेवाको गुणस्तरीयता बृद्धि गर्नेगरी होटल मापदण्ड जारी गर्ने । १५ दिन MoCTCA
१५. शासकीय प्रणालीमा आएको परिवर्तन तथा परिवर्तित सन्दर्भ अनुरुप यस मन्त्रालयको कार्यक्षेत्रसंग सम्बन्धित संस्कृति, पर्यटन र हवाई नीतिको परिमार्जन तथा सम्बन्धित ऐन, नियमको संशोधन गर्ने ।

 

चालु आ. व. भित्र MoCTCA
पर्यटन क्षेत्रको विकास  नेपाल भ्रमण वर्ष२०२०
१६ नेपाल भ्रमण वर्ष २०२० मा कम्तिमा २० लाख पर्यटक भित्र्याउन प्रमुख १० ओटा स्रोत बजारहरुको पर्यटक आगमन प्रक्षेपण र त्यसका लागि आवश्यक कार्यक्रमको खाका पेश गर्ने र सो बमोजिम प्रबर्द्धनका कार्यक्रम संचालन गर्ने । १५ दिन NPC- VNY,2020

CEO-NTB

१७ UNWTO को सहकार्यमा सन् २०१९ डिसेम्बर अन्त्यमा Global Tourism Ministers’ Conclave गर्ने र New Year in Nepal को Theme सहित सन् २०२० जनवरी १ मा विभिन्न देशका पर्यटन मन्त्रीहरुलाई सहभागी गराई Visit Nepal 2020 भव्य शुभारम्भ गर्ने । ५ महिना NPC- VNY,2020

CEO-NTB

१८ सन् २०२० जनवरी पहिलो हप्ताभित्र विदेशमा रहेका नेपालका सबै कुटनीतिक नियोगहरु, मिसनहरु तथा सातै प्रदेशका राजधानीमा नेपाल भ्रमण वर्षको भब्य शुभारम्भ गर्ने । यसमा सम्माननीयहरु (Big Six), प्रमुख प्रतिपक्षी दलका नेता र विभिन्न राजनैतिक दलका महत्वपूर्ण नेताहरुको उपस्थितिको व्यवस्था मिलाउने । ५ महिना NPC- VNY,2020

CEO-NTB

१९ नेपालबाट बाहिरिने पर्यटकको भिषा स्टाम्पिङ, व्यागेज स्टिकर र बोडिङ पासमा नेपाल भ्रमण वर्षको लोगोसहितको स्टिकर राख्ने व्यवस्था मिलाउन अध्यागमन विभाग र सम्वन्धित विमान कम्पनीहरुसंग आवश्यक समन्वय   गर्ने । निरन्तर NPC- VNY,2020

CEO-NTB

MoCTCA

२० नेपाल भ्रमण वर्ष लाई लक्षित गरी Visit Nepal 2020 को आधिकरिक वेवसाइट तयार गरी संचालन गर्ने । प्रमुख समाचारहरु पोष्ट गर्ने व्यवस्था मिलाउने । १ महिना NPC- VNY,2020
२१ नेपालका प्रमुख प्राकृतिक तथा साँस्कृतिक सम्पदा अंकित विशेष पोष्ट कार्ड बनाई पर्यटकहरुलाई नेपालबाट बिदा हुँदा नेपालको तर्फबाट धन्यवादसहितको उक्त पोष्ट कार्ड विमानस्थलको प्रस्थान विन्दुमा वितरणको व्यवस्था मिलाउने । २ महिना NPC- VNY,2020
२२ नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी पर्यटन दूतको रुपमा Goodwill Ambessador तोक्ने वैज्ञानिक मापदण्ड बनाई नियुक्तिको व्यवस्था गर्ने (आरोही, दाता, विदेशीलाई प्राथमिकता दिने) । निरन्तर NPC- VNY,2020

CEO-NTB

२३ नेपालको संस्कृति झल्किने गरी विभिन्न जातजातीका परम्परागत भेषभूषामा सजिएका युवायुवतीद्धारा विमानस्थलको आगमन कक्षमा पर्यटकको स्वागत गर्ने व्यवस्था मिलाउने । निरन्तर NPC- VNY,2020

CEO-NTB

२४ नेपाली मौलिक खानाहरुको प्रचार प्रसार गर्नका लागि हरेक ४ र ५ तारे होटलले नेपाली खानाको छुट्टै स्थल हुनुपर्ने गरी होटल मापदण्डमा तोक्ने ।

 

नेपाली खानाको अन्तर्राष्ट्रियकरणका लागि आवश्यक प्रबर्द्धन र बुकलेट प्रकाशन गर्ने ।

१५ दिन

 

३ महिना

MoCTCA

 

 

 

CEO-NTB

 

२५ गैरआवासीय नेपाली संघको नेतृत्वमा एक नेपाली एक विदेशी साथी नेपाल पठाउ अभियान संचालन तथा विदेशस्थित नेपाली नियोगमा यस संस्थाको सहभागितामा Tourist help desk संचालन लगायतका पर्यटन प्रबर्धनका विविध कार्यक्रम सञ्चालन गर्न नेपाल भ्रमण वर्ष २०२० को सचिवालय र NRNA बीच MoU गर्ने । २ महिना परराष्ट्र मन्त्रालय

NPC- VNY,2020

NRNA

२६ नेपालका प्रमुख साहसिक, साँस्कृतिक एवम् प्राकृतिक पर्यटकीय उपजहरुको जानकारीमूलक गुणस्तरीय पुस्तिका प्रकाशन गरी प्रचार प्रसार गर्ने । २०१९ डिसेम्बर CEO-NTB
२७ नेपाल भ्रमण वर्षको सन्दर्भमा निजी क्षेत्र संगको सहकार्यमा गैर आवासीय नेपाली समेतलाई लक्षित गरी पर्यटकलाई विशेष छुट सहितको उपयुक्त प्याकेज बनाई प्रचार प्रसार गर्ने । MICE Tourism लाई प्रबर्द्धन गर्न प्रोत्साहन गर्ने । ३ महिना CEO-NTB

NPC-VNY

२८ नेपालमा तथा विभिन्न देशहरुमा हिमाल आरोहीहरुको भेला, गोष्ठी सेमिनार गर्ने (Summiters’ Summit) । २०२० NPC- VNY,2020
२९ भ्रमण वर्ष लक्षित पर्यटन प्रवर्द्धनका सामग्री सहित रेडियो जींगल तथा टिभीसी निर्माण गरी प्रशारण गर्ने । निरन्तर NPC- VNY,2020
३० अन्तर्राष्ट्रिय चेन होटेल तथा विमान कम्पनीसंग संयुक्त रुपमा नेपाल प्रवद्र्धनका प्याकेज सञ्चालन गर्ने । १ बर्ष MOCTCA

 

३१ नेपाल भ्रमण वर्ष २०२० को अवसरमा हिमालको नामाकरण तथा केही हिमाललाई प्रबर्द्धन गर्न रोयल्टी छुटको व्यवस्था मिलाउने । ३ महिना MOCTCA
३२ नेपालमा Tourism Investment Summit आयोजना गर्ने । २०२० मार्च NPC- VNY,2020
३३ Tourism satellite Accounting (TSA) को काम सम्पन्न गर्ने । २०७७ जेठ CEO-NTB
३४ पर्यटन यातायात सेवालाई सहज र सरल बनाउने र मूख्य पर्यटकीय स्थलमा सम्वन्धित निकायसँग समन्वय गरी विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्न अध्ययन गर्ने । ३ महिना CEO-NTB
३५ Kathmandu Valley By Night को अवधारणा अनुरुप काठमाण्डौ, पाटन, भक्तपुर र कीर्तिपुरमा रात्रीकालीन सम्पदा यात्राको शुरुवात गर्ने । ३ महिना CEO-NTB

NPC-VNY

३६ पर्यटनको विविधीकरणका लागि प्रदेश सरकार, स्थानीय तह र निजी क्षेत्र समेतको सहभागिता हुनेगरी नमुनाको रुपमा पाथीभरा, शेफोक्सुन्डो, खप्तड र रारा क्षेत्रमा Lonely Eco-Resort संचालनको व्यवस्था हुनेगरी सम्भाव्यता अध्ययन गरी Modality निर्धारण गर्ने । ६ महिना CEO-NTB

तारागाउँ विकास समिति

३७ चितवनको नारायणी नदीमा सामुन्द्रिक किनारा (Sea-Beach) को झल्को दिनेगरी नदी किनारामा प्रदेश सरकार, स्थानीय तह र निजी क्षेत्रसहितको सहकार्यमा आवश्यक भौतिक पूर्वाधारको विकास गरी पर्यटकीय गतिविधि बृद्धि गर्न सम्भाव्यताको अध्ययन गरी मोडालिटी निर्धारण गर्ने । ६ महिना CEO-NTB

NPC-VNY

३८ चितवनको रामनगरदेखि दियालो बंगलासम्म सन्ध्याकालीन पर्यटकीय गतिविधि बृद्धि गर्न नाइट सफारी पार्क (Night Suffari Park) को विकास गर्न सम्भाव्यता अध्ययन गर्ने । १ वर्ष CEO-NTB
३९ नेपाल भ्रमण वर्ष २०२० को मूल आयोजक समिति तथा कार्यक्रम कार्यान्वयन समितिका निर्णयहरुको कार्यान्वयनमा प्रभावकारिताका लागि आवश्यक समन्वय, सहजीकरण र अनुगमन गर्न मन्त्रालयमा फोकल प्वाइन्ट तोक्ने । नियमित MoCTCA
४० हरेक जिल्लामा नेपाल भ्रमण वर्ष २०२० केन्द्रित कृयाकलाप बृद्धि गर्न प्रदेश सरकारसंगको समन्वयमा जिल्ला समन्वय समिति प्रमुखको संयोजकत्वमा निजी क्षेत्र समेतको सहभागिता हुनेगरी प्रबर्द्धन समिति गठन गर्ने । साथै प्रदेशगत प्रबर्द्धन समितिको पुनर्गठन एवम् ToR तोक्ने । १ महिना MoCTCA
४१ नेपाल भ्रमण वर्ष २०२० को लोगो अंकित Arm Band लाई प्रिमियर लिगका क्लवहरुसंग संझौता गरी अन्तर्राष्ट्रिय फूटवल मार्फत प्रबर्द्धन गर्न प्रयास गर्ने । ३ महिना CEO-NTB

NPC-VNY

४२ पर्यटकको नेपाल बसाइलाई थप सुरक्षित बनाउन Crisis management Unit स्थापना गरी संचालन गर्ने । ३ महिना DG-DoT

CEO-NTB

४३ नेपालको एक प्रमुख पर्यटकीय स्रोत बजार चीनमा CTrip र Wechat मार्फत नेपालको प्रबर्द्धन गर्ने । निरन्तर CEO-NTB

NPC-VNY

४४ नेपाल पर्वतीय प्रतिष्ठानबाट Masters of Adventure Tourism Studies अध्यापन शुरु गर्ने । ६ महिना ने.प.प्र.प्र.
४५ पर्यटकलाई उपलब्ध हुने सेवा सुविधामा गुणस्तरीयता बृद्धि गर्न यस क्षेत्र सम्बद्ध १२००० जनशक्तिलाई क्षमता विकास तालिम दिने । चालु आ.व. NATHM

ने.प.प्र.प्र.

NTB, VNY

४६ नेपालको पर्वतारोहणलाई थप सुरक्षित, भरपर्दो र व्यवस्थित बनाउन GPS Tracking आवश्यक व्यवस्था मिलाई कार्यान्वयनमा लिने । चालु आ.व. DG-DoT
नागरिक उड्डयन क्षेत्र
४७ सबै प्रदेशका राजधानी जोडिनेगरी निजी वायुसेवा कम्पनी र नेपाल वायुसेवा निगमसंगको छलफलबाट अन्तर प्रदेश हवाइ सेवा विस्तार गर्न प्रोत्साहन गर्ने  । ३ महिना MoCTCA

CAAN

४८ निजी क्षेत्र समेतको सहकार्यमा उड्डयन क्षेत्रका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्न अन्तर्राष्ट्रिय स्तरको फ्लाइङ स्कुल सञ्चालन संभाव्यताको अध्ययन गर्ने । १ वर्ष MoCTCA

CAAN

४९ प्रयोगमा नआएका विमानस्थललाई एयर स्पोर्टस एक्टिभिटी सेन्टरका रुपमा विकास गर्न EOI जारी गर्ने । (हट एयर बेलुन, अल्टलाइट आदि ) ६ महिना MOCTCA

CAAN

५० त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक व्यवस्थापन गर्न काठमाडौं नजिकको (रामेछाप) विमानस्थलको स्तरोन्नती गर्ने । निरन्तर DG-CAAN,

 

५१ काठमाण्डौबाट प्रमुख आन्तरिक एयरपोर्टमा जाने साना जहाजहरुको उडान निरुत्साहन गर्दै जाने । साथै, काठमाण्डौ बाहिरका विमानस्थलबाट दुर्गम क्षेत्रहरुमा हुने उडानलाई प्रोत्साहन गर्ने । निरन्तर MOCTCA

CAAN

५२ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको Civil र Mechanical कार्य २०१९ डिसेम्बर भित्र सम्पन्न गर्ने । र अर्को ३ महिनाभित्र परीक्षण उडान गरी व्यवसायिक उडानको पूर्वतयारी  गर्ने ।

यस विमानस्थलमा विदेशबाट उडान गर्ने हवाई कम्पनीलाई प्रोत्साहन गर्न Incentive Package घोषणा गर्ने ।

३ महिना DG-CAAN

MoCTCA

५३ निजगढ अन्तर्राष्ट्रिय विमानस्थल (बारा) को निर्माण कार्यमा शिघ्रताको लागि लगानी बोर्डसंग छलफल गरी लगानीको मोडाटिली तयार गर्ने ।

टांगिया बस्ती व्यवस्थापनको मोडालिटी स्पष्ट गर्ने ।

 

 

वृक्षारोपणको लागि क्षेत्र पहिचान गर्ने ।

 

 

वन तथा वातावरण मन्त्रालयसंग समन्वय गरी Site Clearance गर्ने ।

१ महिना

 

२ महिना

 

३ महिना

 

९ महिना

परियोजना निर्देशक

MoCTCA

CAAN

५४ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको हालको निर्माण गति कायम राख्दै निर्धारित समयअघि नै सम्पन्न गर्ने व्यवस्था मिलाउने । DG-CAAN
५५ सवै प्रदेश राजधानीका विमानस्थलहरुलाई कम्तिमा ७० सिट भन्दा माथिका जहाज उडान तथा अवतरण हुन सक्नेगरी स्तरोन्नति र विस्तार गर्ने । यसका लागि सुर्खेत विमानस्थलको विस्तार कार्य शुरु गर्ने ।

साथै, पर्यटकीय दृष्टीले महत्वपूर्ण भरतपुर विमानस्थलको समेत विस्तार कार्य अघि बढाउने ।

चालु आ.व.मा शुरु गरी ३ वर्षमा सम्पन्न गर्ने DG-CAAN
५६ आन्तरिक उडान Schedule Flight लाई अनिवार्य उडान गर्ने व्यवस्था

मिलाउने ।

निरन्तर DG-CAAN
५७ सरोकारवाला निकाय सहितको समन्वयमा तीनकुनेदेखि गौशालासम्मको सडकलाई दुवैतर्फ संचालनको आवश्यक मापदण्ड बनाउने तथा Butification गर्ने कार्यको शुरुवात गर्ने । ३ महिना DG-CAAN

MoCTCA

कामनपा

सडक विभाग

५८ हालसम्म बुझाइएका दुर्घटना जाँच प्रतिवेदनहरुको सुझाव र कार्यान्वयन स्थितिको विश्लेषण गरी कार्यान्वयन गर्ने गराउने । ६ महिना MoCTCA
५९ ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई आन्तरिक उडानको हवाई भाडामा ५० प्रतिशत छुट दिनेगरी सरोकारवालासंग छलफल गरी कार्यान्वयन गराउने । ३ महिना MoCTCA

DG-CAAN

सवै वायुसेवा कम्पनी

संस्कृति तथा पुरातत्व
६० भूकम्पले क्षतिग्रस्त विश्व सम्पदा सूचीमा रहेका सम्पदा समेत ३८९ सम्पदाको पुनर्निर्माण शुरुवात गरी १५० सम्पदाको पूननिर्माण सम्पन्न गर्ने । १ वर्ष DG-DoA
६१ कीर्तिपुरमा रहेको जातीय संग्रहालयलाई राष्ट्रिय साँस्कृति संग्रहालयमा रुपान्तरण गर्नेगरी यसको अवधारणा तयार गर्ने र आवश्यक कानूनको मस्यौदा तयार गर्ने । ६ महिना DG-DoA

MoCTCA

६२ काठमाण्डौ उपत्यका भित्रका विश्वसम्पदाहरुमा UNESCO को चासो संबोधन हुनेगरी कार्ययोजना बनाइ कार्यान्वयन गर्ने । साथै, युनेस्को World Heritage Center को अनुगमनबाट प्राप्त हुने सुझाव समेतको कार्यान्वयन गर्ने । १ वर्ष DG-DoA
६३ स्थानीय तहसंगको सहकार्यमा नेपालको उपयुक्त पहाडी क्षेत्रमा मैथिली साहित्यका महाकवि विद्यापतिको शालिक स्थापना गर्ने । १ वर्ष MoCTCA
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुधार
६४ यस विमानस्थलका Domestic / International तर्फ अध्यागमन सेवा, यात्रु लगेज सेवा र विश्रामस्थल लगायतका महत्वपूर्ण स्थानहरुको सी सी क्यामरा मार्फत प्रत्यक्ष निगरानी गर्ने र तत्काल पृष्ठपोषण र सुधार गर्ने प्रणाली विकास गर्ने । ३ महिना GM-TIA

DG-Immigration

६५ विमानस्थलमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप आधारभूत सेवा (खानेपानी, सरसफाई, शौचालय लगायत) को व्यवस्थापन र अनुगमन गर्ने ।

यस विमानस्थलको सेवाको गुणस्तरको मान्यता प्राप्त अन्तर्राष्ट्रिय संस्था (ACI World) बाट ग्रेडिङ गर्ने कार्य चालु आ. व. भित्र सम्पन्न गर्ने ।

निरन्तर GM-TIA
६६ आन्तरिक उडान तर्फ सम्माननीय (Big Six) लाईमात्र सवारी साधन सहित विमान नजिक जान पाउने व्यवस्था गर्ने ।

साथै, VIP Movement सम्बन्धी मापदण्ड परिमार्जन गरी लागू गर्ने ।

१५ दिन

२ महिना

GM-TIA

 

 

CAAN

MoCTCA

६७ विमानस्थलबाट संचालन हुने ट्याक्सीभित्र चालकको परिचय पत्र र ट्याक्सी नम्बर देखिने गरी राख्ने र सबै ट्याक्सी लगायतका पर्यटकीय सवारी साधनमा जीपीएस प्रणाली राख्ने व्यवस्था मिलाउने ।

साथै पर्यटकीय ट्याक्सी चालकलाई निर्धारित पोशाक र व्यवहारगत तालिम दिने ।

२ महिना GM-TIA

NPC-VNY

६८ विमानस्थलको प्रस्थानतर्फको अन्तिम बिन्दुमा डिजिटल प्रविधि समेतबाट पृष्ठपोषण लिने व्यवस्था गरी निरन्तर विश्लेषण तथा आवश्यक सुधार गर्ने । ३ महिना GM-TIA
६९ विमानस्थलमा रहेको मनी एक्सचेन्ज काउन्टर अगाडि २४ सै घण्टा सटही दर देखिने गरी विद्युतीय सूचना बोर्ड राख्ने व्यवस्था मिलाउने । १ महिना GM-TIA
७० विमानस्थलभित्रका पसलबाट उपलब्ध हुने Food and Beverage को मूल्य निर्धारणको सुझाव दिन कार्यदल गठन गरी सुझाव प्राप्त गर्ने तथा कार्यान्वयन गर्ने । ३ महिना GM-TIA
७१ अन्तर्राष्ट्रिय प्रस्थान कक्षतर्फ Duty Free Shop को व्यवस्था गर्ने तथा उक्त पसलहरुमा नेपाली हस्तकला, जेम्स तथा नेपाली उत्पादनका High Value Products बिक्री गर्ने व्यवस्था मिलाउने । ३ महिना GM-TIA
७२ यस विमानस्थललाई बुटिक अवधारणा अनुरुप रुपान्तरण गर्न तोकिएका कार्यहरु समयमै सम्पन्न गर्ने । निरन्तर GM-TIA
७३ यस विमानस्थलमा ब्यागेज क्लियरेन्सको कार्य ३० मिनेट भित्र सम्पन्न हुने व्यवस्था मिलाउने । निरन्तर EC-NAC
७४ पुरानो पार्किङ्गस्थलमा आकर्षक बगैंचा निर्माण गर्ने । यात्रु प्रतीक्षालय निर्माण गर्ने । ३ महिना GM-TIA
७५ स्मार्ट पार्किङ र इ पेमेण्ट – सवारीसाधन पार्किङ व्यवस्थापन पारदर्शी र डिजीटलाइज गर्नका लागि अध्ययन गरी कार्यान्वयन गर्ने । ६ महिना GM-TIA
७६ विमानस्थलमा रहेका भद्दा विज्ञापन तत्काल हटाउने र विज्ञापनको वैज्ञानिक मापदण्ड बनाई लागू गर्ने । २ महिना GM-TIA

DG-CAAN

७७ यस विमानस्थलभित्र २ ओटा ठूला Electronic Rolling  Display Board राखी नेपाल चिनाउने प्रमुख प्राकृतिक तथा साँस्कृतिक सम्पदाको प्रचारको व्यवस्था गर्ने । ३ महिना र निरन्तर CEO-NTB
७८ विमानस्थलमा रहेको नेपाल पर्यटन बोर्डको सूचना डेस्कमा धेरै पर्यटक आउने प्रमुख मूलुकका नागरिकले बोल्ने (अंग्रेजी, चिनिया र हिन्दी) भाषाका सहयोगी तथा सूचना ब्रोसर राख्ने व्यवस्था मिलाउने । ३ महिना CEO-NTB
७९ विमानस्थलको आगमनबाट पार्किङसम्म स्वचालित स्क्यालेटर निर्माण तथा सञ्चालन गरी यात्रुहरुलाई ट्रली सेवा तथा अन्य आवतजावत सहज बनाउने । ३ महिना GM-TIA
८० ट्रान्जिट यात्रुका लागि सुविधा सम्पन्न लाउन्ज व्यवस्था गर्ने । ६ महिना GM-TIA
८१ अध्यागमन विभागसंगको समन्वयमा बायोमेट्रिक यात्रुजाँच प्रविधि र अनलाइन भिषा र

इ-पेमेन्टको प्रबन्ध मिलाउने ।

३ महिना GM-TIA, DG Immigration
८२ विमानस्थलमा शव ल्याउने छुट्टै मार्ग र मृतकका आफन्तका लागि फरक प्रतिक्षालय निर्माण गर्ने । ६ महिना GM-TIA
८३ First Class र Business Class का यात्रुहरुलाई Priority Check in, Immigration, Boarding र Baggage Clearance को व्यवस्था मिलाउने । यस्ता यात्रुलाई Pickup and Drop को लागि छुट्टै सवारी साधनको व्यवस्था  गर्ने । २ महिना GM-TIA

EC-NAC

८४ बृद्ध, असक्त तथा अपांग यात्रुहरुलाई प्राथमिकतामा Check in, Immigration, Boarding र विश्रामको व्यवस्था मिलाउने । ३ महिना GM-TIA
८५ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालनयोग्य बनाउने । २ महिना GM-TIA
८६ साझा यातायात एवम् पर्यटक यातायात संस्थाहरुसंगको छलफल एवं सहकार्यमा विमानस्थलबाट शहरका विभिन्न पर्यटकीय क्षेत्रमा सटल बस सञ्चालन गर्ने व्यवस्था मिलाउन सम्भाव्यताको अध्ययन गर्ने । ३ महिना GM-TIA

CEO-NTB

MoCTCA

८७ आन्तरिक टर्मिनलमा ब्यागेज बेल्ट राख्ने तथा अन्तर्राष्ट्रियतर्फ थप गर्ने । ३ महिना GM-TIA
८८ Transit यात्रुलाई सहज हुनेगरी आन्तरिक र अन्तर्राष्ट्रिय विमानस्थल जोड्ने बाटोलाई व्यवस्थित गर्ने । ६ महिना GM-TIA
८९ यस विमानस्थलमा कार्यरत कर्मचारीलाई सकारात्मक सोंच सहितको पुनर्ताजगी तालिम दिने । निरन्तर DG- CAAN
नेपाल वायुसेवा निगम सुधार
९० नेपाल वायुसेवा निगमको समग्र व्यवस्थापन सुधार कार्यलाई तीब्रता दिने । निरन्तर EC-NAC

MoCTCA

९१ निगमको वाइडबडी रियाद र गोन्जाउ उडान गर्ने । ३ महिना EC-NAC
९२ नेपाल वायु सेवा निगमका सबै विमानहरु सञ्चालनमा ल्याउने । ३ महिना EC-NAC
९३ Existing Flight Analysis गरी थप गन्तव्यको उडानको व्यवसायिक कार्ययोजना बनाउने । थप गन्तव्यहरु उडानको तयारी गर्ने । १ महिना EC-NAC
९४ निगमको सबै प्रकारका टिकटलाई अनलाइन बिक्रीमा लैजाने व्यवस्था     मिलाउने । १ महिना EC-NAC
९५ निगमबाट सञ्चालित विमानस्थलको ग्राउण्ड ह्याण्डलिङलाई थप व्यवस्थित र प्रभावकारी बनाउने ।

विमानस्थल भित्र यात्रुहरुलाई ५ वटा नयाँ Shuttle Bus बाट सेवा दिने ।

१५ दिन

४ महिना

EC-NAC
९६ निगमको टिकट रद्दपछिको रिफण्ड प्रकृयालाई सरलीकृत गर्ने । १ महिना EC-NAC
९७ निगमको DDA (Due Deligence Audit) गराउने । चालु आ.व. EC-NAC
९८ उडान रद्द र ढिलाइको जानकारी विमानस्थलमा यात्रु पुग्नुपर्ने समयको कम्तिमा २ घण्टा अगाडि यात्रुलाई सूचना दिने । (SMS, Email Or Telephone) १ महिना EC-NAC
पशुपति क्षेत्र विकास
९९. पाशुपत क्षेत्रको महिमा सहितको Documentry तयार गरी पशुपति क्षेत्रमा यसलाई प्रदर्शनको व्यवस्था मिलाउने । ३ महिना MC-PADT
१०० असक्त, बृद्धलाई पशुपतिनाथ मन्दिरको चारै ढोकासम्म पुग्नका लागि आवश्यक भौतिक पूर्वाधार र पर्याप्त संख्यामा ह्वीलचेयरको व्यवस्था गर्ने । ३ महिना MC-PADT
१०१ पशुपति मन्दिरको अन्तर्राष्ट्रिय महत्व अनुरुप यस क्षेत्रमा प्रसाद घरको प्रबन्ध गरी नियमित प्रसाद वितरणको व्यवस्था मिलाउने । ३ महिना MC-PADT
१०२ पशुपतिनाथ क्षेत्रमा थप पाँचवटा Electric Cart को संचालन व्यवस्था गर्ने । २ महिना MC-PADT
१०३ यस क्षेत्रमा पर्याप्त संख्यामा आधुनिक शौचालयको व्यवस्था गर्ने । ३ महिना MC-PADT
१०४ पशुपति परिसरमा डिजीटल कम्प्लेन बक्सको व्यवस्था गरी पृष्टपोषण लिने र सुधार गर्ने प्रणाली विकास गर्ने । ३ महिना MC-PADT
१०५ पशुपति परिसरको गुरुयोजना अनुसार अब्यवस्थित घर टहराको व्यवस्थापन

गर्ने ।

२ महिना MC-PADT
१०६ दाहसंसकार गर्ने विद्युतीय मेसिन विस्तार गर्ने र सेवालाई नियमित बनाउने । ६ महिना र निरन्तर MC-PADT
१०७ पशुपति क्षेत्रमा प्रवेश गर्ने विभिन्न स्थानहरुमा आकर्षक र कलात्मक प्रवेश द्धार निर्माण गर्ने । ६ महिना MC-PADT
१०८ श्लेषमान्तक वनमा कम्तिमा एक हजार लब्सीको बिरुवा सहित अन्य बिरुवाको बृक्षारोपण

गर्ने ।

१ महिना MC-PADT
१०९ मृगस्थलीमा रहेका मृगको आधारभूत आहारा, बासस्थल र स्थानान्तरणको उचित प्रबन्ध गर्ने । २ महिना MC-PADT
११० पशुपतिनाथ क्षेत्रमा सबैभन्दा धेरै संख्यामा आउने धार्मिक पर्यटकलाई लक्षित गरी कम्तिमा ३ भाषामा प्रचार प्रसार सामाग्री तयार गरी नियमित वितरणको व्यवस्था मिलाउने । ३ महिना MC-PADT
१११ यस क्षेत्रमा हुने आरतीको यूट्युव मार्फत प्रत्यक्ष हेर्न सकिने व्यवस्था मिलाउने । साथै विशिष्ट महानुभावबाट भएका भ्रमणका Clip समेत समावेश गरी Short Video बनाई प्रचार गर्ने । ३ महिना MC-PADT
११२ पशुपति Apps बनाई इ-पूजा संचालन गर्ने । ६ महिना MC-PADT
लुम्बिनी क्षेत्रको विकास
११३ गौतम बुद्ध र मायादेवीका प्राचीन, ऐतिहांसिक कथा तथा बुद्धका सन्देश समेतलाई समेटेर Documentry तयार गरी लुम्बिनी क्षेत्रमा यसको नियमित प्रदर्शन तथा प्रचार प्रसारको व्यवस्था गर्ने । ३ महिना VC-LDT
११४ लुम्बिनीमा आन्तरिक शान्ति, तनाव व्यवस्थापन तथा पर्यटकको बसाइ अवधि लम्ब्याउने गरी वातानुकुलीत Dark Chanting Room नियमित संचालनको व्यवस्था गर्ने । ३ महिना VC-LDT
११५ बुद्ध दर्शन, लुम्बिनी, रामग्राम, गौतम बुद्ध र मायादेवी लगायतका प्राचीन, ऐतिहांसिक कथालाई समेटेर खुला नाटक प्रदर्शनको व्यवस्था मिलाउन अध्ययन गरी यसको प्रबन्ध गर्ने । १ वर्ष VC-LDT
११६ २ वर्षभित्र लुम्बिनी क्षेत्रको गुरुयोजना बमोजिमका बाँकी कार्यहरु सम्पन्न गर्ने Detail Action Plan बनाई कार्यान्वयन व्यवस्था मिलाउने । ३ महिना VC-LDT
११७ ग्रेटर लुम्बिनी सर्किट गुरुयोजना तयार गर्ने । १ वर्ष VC-LDT
११८ लुम्बिनी क्षेत्रमा निर्माणाधीन ५ हजार जना अट्ने Global Peace And Meditation Center निर्माण सम्पन्न गर्ने । २०७६ फागुन मसान्त VC-LDT
११९ लुम्बिनी क्षेत्रको ऐतिहासिकतासंग जोडिएको स्थानीय उत्पादनमा आधारित गीफ्ट सपको संचालनको व्यवस्था मिलाउने । ६ महिना VC-LDT
१२० नेपाल भ्रमण वर्षको सन्दर्भमा समेत २५६४ औं बुद्ध जयन्ति भव्य रुपमा मनाउने । तेस्रो World Buddhist Conference गर्ने । लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको त्रिपिटक वाचन गराउने । UN, Lumbini Development committee को बैठक आयोजना गर्ने । चालु आ.व. भित्र VC-LDT
१२१ लुम्बिनी क्षेत्रको ऐतिहासिकता समेतलाई मध्यनजर गरी ५ लाख फलफूल लगायतका विभिन्न विरुवा कम्तिमा ३ वर्षभित्र रोप्ने व्यवस्था मिलाउनको लागि गुरुयोजना तयार गर्ने ।

(गौतम बुद्ध फलफूल बाटिका)

६ महिना

र निरन्तर

VC-LDT
१२२ लुम्बिनी क्षेत्रमा  प्रदेश सरकार र निजी क्षेत्रको सहकार्यमा पर्यटकको बसाइ लम्ब्याउन आकर्षक प्याकेज घोषणा गर्ने ।

लुम्बिनीमा पर्यटकको वसाइ अवधि बढाउन बौद्ध-बिहार बसाइ (Temple Stay) अवधारणा विकास गरी कार्यान्वयन गर्ने ।

३ महिना

६ महिना

VC-LDT

NTB

१२३ स्थलमार्गबाट लुम्बिनीमा आउने पर्यटकलाई सहज सेवा दिन रुपन्देही बेलहियामा पर्यटक तथा तीर्थयात्री स्वागत केन्द्र निर्माण गर्ने । १ वर्ष VC-LDT

NTB

१२४ लुम्बिनी क्षेत्रमा सुविधा सम्पन्न अस्पताल निर्माणको कार्य अघि बढाउने । चालु आ.व. VC-LDT

 

जनकपुर क्षेत्र विकास
१२५ रामजानकीका ऐतिहासिक प्राचीन कथालाई समेटी Documentry तयार गरी प्रदर्शनको व्यवस्था मिलाउने । ३ महिना अध्यक्ष-जनकपुर क्षेत्र
१२६ जनकपुर स्थित गंगासागर आरतीलाई व्यवस्थित गर्न लाइटिङ्ग समेतको प्रबन्ध मिलाउने । ३ महिना अध्यक्ष-जनकपुर क्षेत्र
१२७ रामायण सर्किटको डिजीटल डिस्प्ले तयार पारी जनकपुर क्षेत्रमा राख्ने । निरन्तर अध्यक्ष-जनकपुर क्षेत्र
१२८ स्थानीय तहको समन्वयमा जनकपुरमा आधुनिक बिवाह मण्डप निर्माण गर्ने । १ वर्ष अध्यक्ष-जनकपुर क्षेत्र
विविध
१२९ मन्त्रालय र अन्तर्गतबाट भएका कार्यसम्पादनको पारदर्शिता र सूचनामा सहज पहुँचका लागि मन्त्रालयमा Information and Media Center स्थापना गर्ने । २ महिना MoCTCA
१३० मन्त्रालय अन्तर्गतका सबै निकायमा हरेक महिनाको अन्तिम शुक्रबार र मन्त्रालयमा हरेक महिनाको पहिलो शुक्रबार कार्यसम्पादनको समीक्षा र सुधार गर्ने प्रणालीको विकास गर्ने । निरन्तर सबै
१३१ नेपालको संस्कृति, पर्यटन र नागरिक उड्डयन सम्बन्धी विषयमा सम्बन्धित क्षेत्रका विज्ञ, सरोकारवाला र निजी क्षेत्र समेतको सहभागितामा मन्त्रालयमा मासिक रुपमा Thematic Round Table Discssion गराउने । निरन्तर सबै
१३२ नेपालमा पुरातात्विक अभिलेख सम्बन्धी SWARBICA Conference 2020 आयोजना गर्ने । १ वर्ष रा. अभिलेखालय

MoCTCA

१३३ राष्ट्रिय अभिलेखालयका महत्वपूर्ण ऐतिहासिक तथा पुरातात्विक दस्तावेजहरुको थप ५० हजार पानालाई Digitization गरी संरक्षण गर्ने । निरन्तर रा. अभिलेखालय
१३४ राष्ट्रिय व्यक्तित्वको नाममा स्थापित दुई वा सो भन्दा बढी प्रतिष्ठानहरुको समन्वय र सहकार्यमा कार्यक्रमहरु संचालन गर्न प्रोत्साहन गर्ने । निरन्तर MoCTCA
१३५ पर्वतीय पर्यटनमा मौसम पूर्वानुमानलाई थप भरपर्दो बनाउन सम्बन्धित निकायहरुको समन्वयमा विभिन्न क्षेत्रहरुको मौसम पूर्वानुमानको सूचना नियमित रुपले उपलब्ध हुने प्रबन्ध मिलाउने । निरन्तर ने प्र प्र प
१३६ सरोकारवालासंग छलफल गरी वैज्ञानिक रुपमा रोयल्टी बाँडफाँडको प्रबन्ध गर्न आवश्यक मापदण्ड बनाउने । ६ महिना ने प्र र का
१३७ नेपालको इतिहास र दर्शनको अध्ययन अनुसन्धान गरी विभिन्न अन्तर्राष्ट्रिय भाषामा प्रकाशन र वितरण गर्ने । निरन्तर नेपाल प्रज्ञा प्रतिष्ठान
१३८ सातै प्रदेशको विशिष्टता समेटी प्रदेश परिचय संग्रह प्रकाशन गर्ने । १ वर्ष नेपाल प्रज्ञा प्रतिष्ठान
१३९ विदेशमा रहेर नेपाली कला, भाषा र साहित्यमा योगदान दिने विदेशी सर्जक/स्रष्टालाई सम्मान गर्न अन्तर्राष्ट्रिय नेपाली साहित्य पुरस्कारको व्यवस्था गर्ने । चालु आ.व. नेपाल प्रज्ञा प्रतिष्ठान
१४० मन्त्रालय तथा अन्तर्गतका प्रमुख निकायहरुबाट प्रवाह हुने सेवाको गुणस्तर बृद्धि गर्न र नागरिकको पृष्ठपोषण लिने प्रणालीको विकास गर्न Digital Complain Box को व्यवस्था गर्ने । ३ महिना MoCTCA

र अन्तर्गतका सबै निकायहरु

१४१ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको इन्धन भण्डारणलाई भूमिगत (Underground) गर्न नेपाल आयल निगमलाई अनुरोध गर्ने र यसका लागि आवश्यक जमीनको प्रवन्ध नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्ने । ३ महिना र निरन्तर CAAN

NA

प्रकाशित मितिः     ९ भाद्र २०७६, सोमबार २०:३३  |