बाँकेमा पनि देखियो डैंगु


काठमाडौं-देशभर डेंगुको प्रकोप फैलिएको छ। तीन महिना अघि देखिएको डेंगुले अहिले महामारीको रुप लिएको छ। तर कीटजन्य रोग डेंगु नियन्त्रणमा आउन सकेको छैन। बाँके जिल्लामा पनि यो रोगको प्रकोप देखिएको छ । स्वास्थ्य मन्त्रालय अन्र्तगतको इपिडिमियोलोजीले बुधवार सार्वजनिक गरेको तथ्यांक अनुसार, बाँकेमा दुई जना डेंगोका बिरामी देखिएका छन् ।

देशका विभिन्न भागमा डेंगु परीक्षण गर्ने कीटको अभाव रहेको र एक लाखभन्दा कम प्लेटलेस भएका मानिसको परीक्षण गर्न नसकेको भन्दै संसदमै पनि प्रश्न उठेको छ। देशभर प्रकोपको रुपमा फैलिएको डेंगु नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले कदम नचालेको भन्दै सांसद खगराज अधिकारीले संसदमा सरकारको आलोचना गरे। देशव्यापी रुपमा प्रभावकारी अभियान चलाउन नसकेको भन्दै उनले ध्यानाकर्षण गराएका थिए।

प्रकाशित मितिः     १२ भाद्र २०७६, बिहीबार ०७:३४  |