बुद्ध एयरले ‘बर्दिया टुर प्याकेज’ किन बन्द गर्नुप¥यो ? पढ्नुहोस् बिनित शाहसंगको कुराकानी


बाँके १२ भदौ -बर्दियाको पर्यटन प्रर्बधनका लागि बुद्ध एयरले छ वर्ष अघि ‘बर्दिया टुर प्याकेज’ शुरु ग¥यो । तीन सिजन अर्थात डेढ वर्ष चलेको उक्त ‘टुर प्याकेज’ अहिले बन्द छ । ‘सो अवधिमा मुस्किलले एक दर्जन पर्यटक हाम्रो प्याकेजमा आए । पर्यटक नै नआउने भए पछि निरन्तरता दिन आवश्यक देखेनौ ।’– बर्दिया लक्षित प्याकेज बन्द हुनाको कारण बताउँदै बुद्ध एयर नेपालगञ्जका प्र्रमुख बिनित शाहले भने ।

बर्दिया राष्ट्रिय निकुञ्ज भित्र पर्ने ठाकुरद्धारा मध्यपश्चिमको प्रमुख पर्यटकिय स्थल हो । पर्यटकको संख्या दोब्बर बनाउन एयरफेयरलाई सस्तो बनाउन जरुरी भएको महसुस भए पछि बुद्ध एयर एक्लैले उक्त प्याकेज शुरु गरेको थियो । उक्त प्याकेज अन्र्तगत काठमाण्डौंदेखि नेपालगञ्जसम्मको एयरफेयर, बर्दिया ठाकुरद्धारासम्म गाडी र त्यहाँ ‘स्टे’ निश्चित रकम तोकिएको थियो । ‘यो प्याकेजमा साढे ३ सय डलरदेखि ४ सयसम्म खर्च पथ्र्यो । त्यसो गर्दा एयरफेयरदेखि होटलमा लाग्ने खर्च ज्यादै कम हुन आउँथ्यो ।’– शाहले भने ।

उक्त प्याकेज तीन सिजन चलेको थियो । तर त्यसपछि पर्यटक आउन छाडेपछि बन्द भएको शाहले जानकारी दिए । बुद्ध एयरले होटल व्यवसायी पनि जागरुक नभएको महसुस गरेको थियो । अहिले नेपालगञ्जमा एयरफेयर घटाउनुपर्ने लगायतका बहस भएका छन् । तर बुद्ध एयरले पहिल्यै शुरु गरेको उक्त प्याकेजले निरन्तरता पाउन सकेन भन्ने तर्फ ध्यान दिन जरुरी छ ।

‘अहिले होटल व्यवसायी जागरुक छन् । केही गर्नुपर्छ भन्ने सोंच आएको छ । फेरी केही नयाँ गरौ न भनेर कोही आउँछ भने त्यस्ता प्याकेज शुरु गर्न सकिन्छ ।’शाहले भने–‘बुद्ध एयरले पश्चिमको पर्यटन विकासलाई प्राथमिकतामा राखेको छ ।’ बुद्ध एयरले टुर प्याकेज शुरु गरेपछि एउटा उडान थपेको छ । दैनिक दुईवटा उडान हुँदै आएकोमा एउटा थपेर तीनवटा पुर्याइएको छ ।

प्रकाशित मितिः     १२ भाद्र २०७६, बिहीबार ०८:५७  |