नेपालगञ्ज – अब हरेक यात्रु प्लेनको उडान तालिका भन्दा एक घण्टा अघि नै बिमानस्थलमा पुग्नुपर्ने भएको छ । पहिलेदेखि नै रहेको व्यवस्थालाई कडाईका साथ लागु गर्न लागिएको हो । उक्त नियम नेपालगञ्ज बिमानस्थलमा समेत कडाईका साथ पालना गरिने नागरिक उड्डयन नेपालगञ्जका प्रमुख प्रेम ठाकुरले जानकारी दिएका छन् ।
‘प्लेनको इन्जिन स्टार्ट भइसकेपछि यात्रु एयरपोर्टमा आउनेसम्मका काम भए । यस्ता लापरवाही रोक्न एकघण्टा पहिल्यै आउनुपर्ने नियम कार्यान्वयन हुँदै छ ।’ ठाकुरले भने–‘बिशेष अवस्था बाहेक अन्यथा सबै यात्रुका हकमा यो नियमक कडाईका साथ लागु हुन्छ ।’ ठाकुरले नियम कार्यान्वयनका बिषयमा आज नै सुरक्षा निकायका अधिकारीहरुसंग छलफल गरेका छन् । उडान समय भन्दा एक घण्टा अगाडि नै सुरक्षा जाँच लगायतका काम सकिसक्नुपर्ने उनले बताए ।
नयाँ नियम कार्यान्वयनका लागि एयरलाइन्स कम्पनीले मातहतका कार्यालयमा सर्कुलर पठाएका छन् । ती कम्पनीहरुले प्लेन उड्नु भन्दा एक घण्टा पहिल्यै बिमानस्थल पुग्नुपर्ने अन्र्तराष्ट्रिय नियम नेपालका घरेलु बिमानस्थलमा पनि लागु गर्न लागिएको भन्दै नियमको पालना गर्न गराउन अनुरोध गरिएको छ ।