
नेपालगञ्ज-प्रदेश ५ का सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगेका छन्। प्रदेश ५ मा कुल १०९ स्थानीय तह छन्। ती सबै स्थनीय तहमा वाणिज्य बैंकका शाखा पुगेको नेपाल राष्ट्र बैंकको भनाइ छ।
अन्य प्रदेशका केही स्थानीय तहमा बैंकका शाखा अझै पुग्न सकेका छैनन्। ७५३ स्थानीय तह मध्ये ७२५ मा बैंकका शाखा पुगे पनि अझै पनि २८ स्थानीय तहमा शाखा पुग्न सकेका छैनन्।
प्रदेश १ का कुल १३७ स्थानीय तह मध्ये १३४ स्थानीय तहमा बैंकका शाखा पुगिसकेका छन्। प्रदेश २ मा १३६ मध्ये १३४, प्रदेश-३ मा ११९ मध्ये ११७, प्रदेश-४ मा ८५ मध्ये ८३, प्रदेश-६ मा ७९ मध्ये ६७ र प्रदेश-७ मा ८८ मध्ये ८१ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगिसकेका छन्।

राष्ट्र बैंकले भागवन्डा लगाउँदै असार मसान्तसम्म सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुर्याउन निर्देशन दिएको छ।