कोहलपुर ३१ भदौ – प्रदेश ५ का लद्युवित्त संस्थाले ‘एक व्यक्ति एक संस्थामा सदस्य’ बन्न र बनाउन प्रेरित गर्ने भएका छन् । सोमवार कोहलपुरस्थित होटल सेन्ट्रल प्लाजामा प्रदेशभरका लद्युवित्त संस्थाका प्रमुखहरुको भेला सम्पन्न भएको थियो । भेलाले ५ बुँदे संकल्प प्रस्ताव पारित गरेको उपकार लद्यु वित्तीय संस्थाको अध्यक्ष शान्ती ढकालले जानकारी दिनुभयो ।
एउटै व्यक्ति धेरै संस्थाको सदस्य बन्दा कर्जा जोखिम बढेको निष्कर्ष सहित एक व्यक्ति एक संस्थामा सदस्य बन्ने नीतिलाई प्रेरित गर्ने संकल्प प्रस्ताव पारित गरेका हुन । भेलाले स्वच्छ लद्युवित्त, हाम्रो अभियान नारालाई सार्थक बनाउन कर्जाको सदुपयोग गर्न र केन्द्रको गुणस्तर कायम गर्न गराउन अभियानताको भूमिका खेल्ने निष्कर्ष निकालेको छ ।
सफल उद्यमीलाई सदस्य बनाउन र अरु सदस्यलाई उद्यमी बनाउने अभियान सञ्चालन गरिने छ ।क्षमता र योजनाका आधारमा मात्र कर्जा दिने र लद्यु वित्त सेवालाई ग्रामिणक्षेत्रसम्म लैजाने संकल्प प्रस्ताव पारित गरिएको छ । भेलामा उपकार लद्युवित्त, यूनिक नेपाल,महिला सामुदायिक लद्युवित्त,आत्मनिर्भर लद्युवित्त,सुपर लद्युवित्त, मिजासिलो बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिको सहभागिता थियो ।