अर्थतन्त्रमा सकारात्मक संकेत : आयात घट्यो


नेपालगन्ज – नेपाली इतिहासमै विरलै हुने, आयात घटेको छ । हरेक समय विदेशी सामग्रीको आयात बढीरहने र निर्यात घटीरहेको समयमा यचालु आर्थिक वर्षको पहिलो दुईमहिनामा आयात घटेको हो । यसले देशको अर्थतन्त्रमा सकारात्मक संकेत देखाएको छ । थोरै भएपनि आयातमा गिरावट आएको छ । तथ्यांकअनुसार, अघिल्लो वर्षको तुलनामा यस वर्षको पहिलो दुई महिनामा आयात १.२ प्रतिशतले घटेको छ । निर्यात २५.९ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पाम तेल, अलैंची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), कपडा लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, जुस, तार, तयारी पोशाक, पश्मिना लगायतका वस्तुको निर्यात घटेको छ । त्यस्तै, तयारी पोशाक, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पाटपुर्जा, हटरोल सिट, रासायनिक मल लगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाज तथा पार्टपुर्जा, एम.एस. बिलेट, सुन, पेट्रोलियम पदार्थ, सिमेन्ट लगायतका वस्तुको आयात घटेको छ ।

मूल्यवृद्धि दर
वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ६.१६ प्रतिशत रहेको छ । दुई महिनाको औसत मुद्रास्फीति ६.५६ प्रतिशत रहेको छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मुख्यतः तरकारी, फलफूल, मासु तथा माछा र मसला उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ । त्यसैगरी, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत मुख्यतः लुगा तथा जुत्ता, घरायसी उपयोगिताका वस्तु तथा सेवा र शिक्षा उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ ।

रेमिट्यान्समा सामान्य गिरावट
रेमिट्यान्स आप्रवाहमा सामान्य गिरावट आएको छ । नेपाली रुपैयाँमा ०.३ प्रतिशत र अमेरिकी डलरमा १.३ प्रतिशत गिरावट आएको तथ्यांकले देखाएको छ । शाधानान्तर स्थिती आठ अर्ब ८३ करोडले बचत रहेको छ भने विदेशी विनिमय संचिति १० खर्ब ७८ अर्ब ९४ करोड रुपैयाँ रहेको छ, जुन ८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ ।

वित्तीय क्षेत्रको अवस्था
बैंकिङ्ग कारोबारमा आधारित संघीय सरकारको खर्च ४३ अर्ब १२ करोड रुपैँया र राजस्व परिचालन एक खर्ब ४१ अर्ब ५१ करोड रुपैयाँ भएको छ । विस्तृत मुद्राप्रदाय ०.२ प्रतिशतले घटेको छ । वार्षिक बिन्दुगत आधारमा भने यस्तो मुद्राप्रदाय १५.४ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन ०.४ प्रतिशतले बढ्दा निजी क्षेत्रतर्फको कर्जा २.५ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १७.० प्रतिशत र कर्जाको वृद्धिदर २०.० प्रतिशत रहेको

प्रकाशित मितिः     ७ कार्तिक २०७६, बिहीबार १७:३६  |