महिन्द्राको स्पेयर पार्टस्को बिक्रि कक्ष नेपालगञ्जमा


नेपालगन्ज -महिन्द्रा गाडीको स्पेयर पार्टस्को आधिकारीक बिक्रि कक्ष बाँकेको कारकादोमा विस्तार गरिएको छ । महिन्द्रा गाडीका स्पेयर पार्टस्हरु बिक्रि वितरण गर्नका लागि आधिकारीक बिक्रि कक्षको नेपालगञ्जमा विस्तार गरिएको हो । गनापुर अटो वर्क्स सर्भिस सेन्टरले महिन्द्रा गाडिहरुको स्पेयर पार्टसहरु तथा लुब्रिकेन्ट बिक्री गर्ने उद्देश्यसहित बुधबारबाट बिक्रि कक्ष सञ्चालनमा ल्याइयो । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठ र गनापुर अटो वर्क्स सर्भिस सेन्टरका प्रबन्ध निर्देशक पर्थ भुसालले संयूक्त रुपमा बिक्रि कक्षको उद्घाटन गरेका थिए ।

महासंघका केन्द्रिय सदस्य श्रेष्ठले ग्राहकहरुको मन जित्न सक्ने किसिमको गुणस्तरीय सेवा प्रदान गनुपर्नेमा जोड दिएका थिए । ‘नेपालगञ्ज औद्योगिक क्षेत्रको विकासउन्मुख क्षेत्र हो’ उनले भने, ‘यहाँका जनताको सरल र सहज रुपमा सेवा प्रदान गर्नुपर्दछ ।’ कम्पनी र ग्राहकहरुको बिचमा समधुर सम्बन्ध बनाई अगाडि बढनुपर्नेमा महासंघका केन्द्रिय सदस्य श्रेष्ठले जोड दिए । अग्नि ग्रुपअन्तर्गतको बालाजु अटो वर्क्सका आधिकारिक विक्रेता गनापुर अटो वर्क्स सर्भिस सेन्टरका प्रबन्ध निर्देशक भुसालले ग्राहक र कम्पनीको समबन्ध प्रगाढ रहेको बताए ।

‘यस कम्पनीबाट गुणस्तरीय सेवा प्राप्त हुन्छ’ उनले भने, ‘ग्राहकको आवश्यकता अनुसार हामीले नेपालगञ्जमा आधिकारीक विक्रेता कक्षा विस्तार गरेका हौं ।’ आफ्नो कम्पनीबाट जेन्युन पार्टस्, स्पेयर पार्टस्, लुब्रिकेन्ट लगायत अन्य विभिन्न सेवाहरु सहज रुपमा उपलब्ध हुने उनको भनाई थियो ।

प्रकाशित मितिः     ८ कार्तिक २०७६, शुक्रबार १०:४७  |