चर्ति फ्लोराको औपचारिक उद्घाटन


नेपालगञ्ज – नेपालगञ्जमा आज चर्ती फ्लोराको औपचारिक उद्घाटन गरिएको छ । मेयर डा. धवल शमसेर राणाले फ्लोराको उद्घाटन गरे । महिला उद्यमी बिन्दु चर्तिमगरले शुरु गरेको चर्ती फ्लोरामा बिभिन्न फुलहरु पाईन्छन् । त्यसका साथै बिभिन्न सजावटका सामाग्री पाईन्छ ।
करिब दुई लाख ५० हजारको लगानीबाट पुष्प व्यवसायमा होमिएकी उनी यो वर्ष फूलको बिक्रीबाट त्यतिनै आम्दानी हुने अनुमान लगाउँछिन् । विन्दु भन्छिन, ‘पूmल खेतीबाट निकै खुशी र सन्तुष्ट छु ।’

विन्दु नेपालगञ्ज नगरकै पहिलो पुष्प व्यवसायी पनि हुन । भारतबाट चाडपर्व तथा विशेष समाहरोहका लागी फूल किनेर प्रयोग गर्दै जाँदा आफुलाई फूलको खेती गर्ने सोच आएको उनले बताइन् । उनले भनिन, “बाहिर बजारबाट फूल किनेर ल्याउनु भन्दा आफ्नै बगैँचामा उत्पादन गर्ने जाँगर चलेर आयो । ” उनका बगैँचामा अहिले दुई प्रकारका सयपत्री फूल ढकमक्क फुलेका छन् । एक कलकत्ते र अर्को दिल्ली । अहिले ती फूलको माग अत्याधिक रहेको छ । आफ्नै गाउँठाउँमा फूल खेती गरेकी विन्दुको बगैँचामा ८ जना स्थानीयले पनि रोजगारी पाएका छन । फूल गोडमेल गर्न र हेरचाह गर्नका लागी चार र चाडपर्वलगायत विभिन्न कार्यक्रममा चाहिने फूलमाला बनाउनका लागि चार गरी आठ महिला कामदार रहेका छन् ।

उनले आफ्नै गाउँमा बेरोजगार महिला दिदीबहिनीलाई रोजगार दिएको बताइन् । उनले भनिन्, “काम नभएर खाली बस्नुभन्दा गाउँका आठ जना दिदीबहिनीले रोजगारी पाउनुभएको छ ।” बगैँचाबाट दुई किलोमिटर मात्र टाढा रहेको बजारमा उनको फूल बिक्री हुने गरेको छ । बाहिर भन्दा आफ्नै ठाउँको स्थानीय बजारमा फूल बिक्री भएको उनले बताइन् । कहिलेकाहीँ फूलको अभाव हुँदा उनले दाङ र पाल्पाबाट फूल खरिद गरेर गर्ने गरेकी छिन् । फूल व्यवसायबाट नै गाउँका दिदी बहिनीलाई रोजगारी दिन सकेको, स्वरोजगार भई आफ्ना आवश्यकता पूरा भएको र फूल व्यवसायबाट राम्रै आम्दानी गर्न सकेकोमा विन्दु निकै खुशी र सन्तुष्ट छिन् ।

प्रकाशित मितिः     ९ कार्तिक २०७६, शनिबार १३:४२  |