औद्योगिक मेला सफल पार्न सर्वपक्षिय छलफल आयोजना


सुर्खेत ९ कात्र्तिक -घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशको आयोजनामा आगामी मंसिर १८ देखि २४ गतेसम्म सुर्खेतको बिरेन्द्रनगरमा आयोजना हुने प्रथम राष्ट्रिय औद्योगिक व्यापार, कृषि, नविनतम् प्रविधि प्रदर्शनी एवम् पर्यटन महोत्सव–२०७६ लाई सफल बनाउन आज शनिवार सरोकारवालासंग बृहद छलफल आयोजना गरिएको छ । छलफलमा यहाँका उद्योगी, व्यवसायी, बिभिन्न व्यवसायीक संगठनका अगुवा, पत्रकार एवं स्थानीयबासिन्दाहरुको सहभागिता रहेको थियो ।

छलफलका सहभागिहरुले मेलालाई भव्यरुपमा सफल पार्न सहयोग गर्ने बचन दिएका छन् । सहभागिहरुले मेलामा कर्णाली प्रदेशका स्थानीय उत्पादनलाई बढि भन्दा बढि प्राथमिकता दिन सुझाव दिएको घरेलु तथा साना उद्योग महासंघ सुर्खेतका अध्यक्ष सुमननाथ योगीले जानकारी दिए । सुर्खेत उद्योग वाणिज्य संघका धनबहादुर रावत, आयोजक महासंघ कर्णाली प्रदेशका अध्यक्ष चन्द्रबहादुर बिसी, नेपाल पत्रकार महासंघका सुर्खेत अध्यक्ष गणेश कन्चन भारती, उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका सदस्य कविराज खत्री लगायतको सहभागिता रहेको थियो । कर्णाली प्रदेशमा हुने उत्पादनको ब्राण्डिङ्ग हुने गरी आयोजना गनृ लागेको महोत्सवमा रु ५ करोड बढिको कारोवार हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मितिः     ९ कार्तिक २०७६, शनिबार १७:५४  |