धामपुरमा बिजुली बल्दा सांसदलाई खादा ! ‘अब घर–घर उज्यालो पार्नु छ’–अथक


नेपालगञ्ज १० कात्र्तिक – वर्षौको प्रतिक्षापछि बाँकेको राप्तीसोनारी वडा नँ ४ धामपुर सबस्टेशनमा बत्ती बत्ती बलेपछि जनप्रतिनिधि र स्थानीयले खुसियाली मनाए । बाँके क्षेत्र नँ १ का सँघिय साँसद महेश्वर गहतराज अथकले स्विच अन गरि बिद्युतको उद्घाटन गरे । बिगत १२ बर्ष देखि बिद्युतको काम अगाडी बढ्न नसक्दा जनताले सास्ती खेप्नु परेको छ । लामो प्रतिक्षामा रहेका जनताको घरघरमा बत्ति जोड्ने काम खुलेको छ । बिद्युत प्राधिकरण क्षेत्रिय कार्यालयका प्रमुख मुनेन्द्र ठाकुरले जनता बिद्युत प्राधिकरण मार्फत बत्ती बाल्न चाहेमा दुई महिना भित्र सबैको घरमा बत्ती पुर्याउन सकिने तर त्यसका लागि सामुदायिक उपभोक्ता समितिले लिखित रुपमा आग्रह गर्नुपर्ने बताईन ।

उद्घाटन कार्यक्रममा सहभागी भएका अधिकाँस उपभोक्ताहरुले सामुदायिक उपभोक्ता समिति लाई खारेज गरी बिद्धुत प्राधिकरण आफैले काम थाल्नुपर्ने बताए । आफुहरु सामुदायिक समिति बाट काम गर्दा निकै ढिला हुने भएकाले त्यसलाइ तोडी प्राधिकरण मार्फत जान चाहेको बताएका थिए । बघौडा क्षेत्रको बिद्युतिकरण पुरा गर्न सक्रियताका साथ लागेका साँसद अथकले उद्घघाटन गर्न गएका बिद्धधुतका कर्मचारीहरु लाइ आफैले खादा ओढाइ सम्मान गर्दै धन्यवाद दिएका थिए । ‘सबस्टेशनबाट बलेको बत्ती जनताको घर–घरमा पु¥याउँछ बाँकी छ’– सांसद अथकले भने ।

उनले राप्तीपारीको बिद्धुतीकरण पहिला ठेकेदारको लापरवाहीका कारण ढिला भएको थियो र अहिले सामुदायिक उपभोक्ता समितिका कारण ढीलो हुने बताउँदै जनताले छिट्टै निर्णय लिनुपर्ने जनाए । कार्यक्रममा राप्तीसोनारी गापा अध्यक्ष लाहुराम थारुले सामुदायिक उपभोक्ता समिति लाइ आफुले खारेज गर्न सक्न र ताकत नभएकाले गार्हो परेको बताउदै बत्तीको बिस्तारका लागि जुनसुकै मुल्य चुकाउन तयार रहेक बताए । कार्यक्रममा सँबिधान शभा सदस्य देबराज भार पट्टु थारु लगायत स्थानिय बासीन्दाहरुको सहभागिता रहेको थियो ।

https://nepalgunjbusiness.com/2019/06/7519/?fbclid=IwAR0mCkHgOwklU0EaWmVe-6eMPLPCiXWr713xHzi_hBgOslSj567idl0DALY

https://nepalgunjbusiness.com/2019/06/7414/?fbclid=IwAR2XfbQKDhtMyl1CC8F30mIviz7DFhwuDkgX4Ha7jnJSf9JJxYv2buohc-8

प्रकाशित मितिः     १० कार्तिक २०७६, आईतवार ०७:३१  |