नेपालगञ्ज १० कात्र्तिक – नेपालगन्ज भन्सार कार्यालयले यात्रु शाखा स्थानान्तरण गरेपछि राजश्व दोब्बरले बृद्धि भएको छ । जमुनहा बजारको उत्तरतर्फ रहेको यात्रु शाखा सीमा नाका नजिक स्थानान्तरण गरिएपछि राजश्व दोब्बरले बृद्धि भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले बताए । उनले यात्रु शाखा स्थानान्तरण गर्नुभन्दा पहिले सरदर दैनिक १० लाख रुपैयाँ राजश्व संकलन हुँदै आएकोमा पछिल्लो समय दैनिक २०–२५ लाख रुपैयाँ राजश्व संकलन हुन थालेको दावी गरे ।
भारतबाट अवैध रुपमा सामान तस्करी गर्नेहरु भन्सार र प्रहरीको आखा छलेर जमुनहा बजारमा सामान लुकाउने गरेका कारण यात्रु शाखा जमुनहा बजारभन्दा दक्षिणतर्फ सारिएको उनले स्पष्ट पारे । łयात्रु शाखालाई नाका नजिक स्थानान्तरण गरेर राजश्व बृद्धि गर्ने सरकारी नीति अनुरुप पहिलेको ठाउँबाट सारिएको हो,’ उनले भने ।
यात्रु शाखा स्थानान्तरण गरिएपछि प्रज्ञापन पत्र भर्नेको संख्यामा पनि बृद्धि भएको भन्सार कार्यालयले जनाएको छ । उनले यसअघि दैनिक सरदर दुई सयको हाराहारीमा प्रज्ञापन पत्र दर्ता हुने गरेमा अहिले दैनिक सरदर पाँच सय पुग्ने गरेको जिकिर गरे । उनले प्रज्ञापन पत्र नभरेर सामान ओसार पसार गर्ने क्रम घट्दै गएको बताए । प्रज्ञापन पत्र बनाएर मात्र जुमनहा बजारसम्म सामान ल्याउन पाइने भएपछि प्रज्ञापन पत्र भर्नेको संख्या बढेको उनको भनाई छ । łयात्रु शाखा नआउँदै जमुनहा बजारमा सामान लुकाउने प्रबृत्तीलाई यसले निरुत्साहित गर्न मद्दत गरेको छ,’ प्रमुख भन्सार अधिकृत निरौलाले भने ।