नेपालगञ्ज १४ कात्र्तिक -आर्थिक वर्ष २०७५/२०७६ मा बाँकेमा सन्चालनका लागि आठ वटा ठुला उद्योगले उद्योग विभागबाट अनुमति लिएका छन् । सन्चालन अनुमति पाएकामा सोलार प्यानलदेखि सिमेन्ट उद्योगसम्म रहेका छन् ।
बाँकेको खजुरा गाउँपालिका–८ रनियापुरमा सोलार इलेक्ट्रिसिटी उत्पादन गर्न एउटा उद्योगले उद्योग बिभागबाट अनुमति पाएको छ । पियोर इनर्जी प्रालि नामक उद्योगले सोला इलेक्ट्रिसिटी उत्पादन गर्नका लागि अनुमति पाएको हो । त्यस्तै गनापुरमा सिमेन्ट उद्योग सन्चालन हुँदैछ ।
उद्योग विभागका अनुसार, गत आर्थिक वर्षमा दर्ता भएका उद्योगको लगानी रु ३ अर्व ६८ करोड ५० लाख रहेको छ । यि उद्योग सन्चालन पछि ५ सय ५६ जनाले रोजगारी पाउने छन् । दर्ता भएका उद्योग कति सन्चालन भइसकेका छन् भने केही उद्योगले जग्गा खरिद गरी पुर्वाधार निर्माणको काम गरिरहेका छन् ।
बाँके जिल्ला लगानीका लागि उपयुक्त मानिन्छ । यहाँ उत्पादित सामाग्री सबै ठाउँमा लैजान सहज हुने, सिमा नाका नजिक भएकाले कच्चा पदार्थ ल्याउन सहज र जग्गा जमिन प्राप्त गर्न सहज भएकाले ठुला उद्योग धमाधम खुल्दै छन् । जानकी गाउँपालिकाको गनापुरमा पश्चिमको ठुलो स्टिल उद्योग अम्बे समूह चाँडै सन्चालनमा आउँदै छ ।
https://nepalgunjbusiness.com/2019/10/12553/?fbclid=IwAR1kvm33KHrivxe5TkyBAd6Sp2iWz1zk5kCgO5C6eMQT5ApcWwOvv6VujKE