बाँके १७ कात्र्तिक – बाँकेको जानकी गाउँपालिकास्थित गनापुरमा नयाँ सिमेन्ट उद्योग सञ्चालनमा आउँदैछ । तेजस्वी सिमेन्ट उद्योग सन्चालनमा आउन लागेको हो । उक्त उद्योगले उद्योग विभागबाट आर्थिक वर्ष ०७५/७६ मा सन्चालन अनुमति पाएको थियो । अहिले पूर्वाधार निर्माणको काम शुरु भइसकेको छ ।
यो संगै बाँकेमा सिमेन्ट उद्योगको संख्या तीनवटा पुग्ने छ । बागेश्वरी सिमेन्ट उद्योग र यति सिमेन्ट उद्योग सन्चालनमा छन् । बागेश्वरी सिमेन्ट उद्योग अत्याधुनिक र ठुलो क्षमताको सिमेन्ट उद्योग हो । यि दुई उद्योगले आफ्नो उत्पादन पश्चिम क्षेत्रमा खपत गर्दै आएका छन् ।
नयाँ थपिन लागेको तेजस्वी सिमेन्ट उद्योगको लगानी रु ७० करोड रहेको छ । उद्योगले ७४ हजार २ सय ५० टन सिमेन्ट उत्पादन गर्ने क्षमता राख्ने छ । उद्योग सन्चालन पछि ९४ जनाले रोजगारी पाउने उद्योग बिभागले जनाएको छ । पछिल्लो समय बाँकेमा ठुला औद्योगिक समूहको लगानी भित्रिदै छ ।