सांग्रिला बैंकको स्थापना दिवशमा कर्मचारीलाई सम्मान सहित रक्तदान


नेपालगञ्ज – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड स्थापनाको अवसरमा बिभिन्न कार्यक्रमको आयोजना गरिरहेको छ । सोही अवसरमा आज आईतवार रक्तदान र सम्मान कार्यक्रमको आयोजना गरेको छ । कात्र्रिक १३ गते १५ वर्ष पुरा भई १६ वर्षमा प्रवेश गरेको अवसरमा बिभिन्न कार्यक्रमको गरिएको हो ।

आईतवार बैंकले नेपालगञ्ज क्षेत्र अन्र्तगत दश वर्षदेखि कार्यरत ३१ जना कर्मचारीलाई प्रशंसा पत्र प्रदान गरिएको क्षेत्रीय प्रबन्ध जयेन्द्र खड्काले जानकारी दिए । राष्ट बैंकका उपनिर्देशक शिव घिमिरे र सांग्रिला बैंकका अध्यक्ष अच्यूत प्रसाईको आतिथ्यतामा कर्मचारीलाई प्रशंसा पत्र सहित सम्मान गरिएको हो । स्थापना दिवशकै अवसरमा १ सय ६ जनाले रक्तदान गरेका छन् । शनिवार नेपालगञ्जमा बैंकका अध्यक्ष अच्यूत प्रसाईले केक काटेर बैंकका कर्मचारीहरुसंग स्थापना दिवश मनाए । बिहान नेपागञ्ज बसपार्कमा सरसफाई गरिएको थियो ।

प्रकाशित मितिः     १७ कार्तिक २०७६, आईतवार २२:३३  |