राप्तीपारी विद्युतीकरणको वाधा हटाउन सांसद अथकको दौडधुप, उर्जामन्त्री र कुलमानलार्ई भेटे


नेपालगञ्ज १७ कात्र्तिक – वर्षौदेखि अन्धकारमा बस्न बाध्य बाँकेको राप्तीपारीका वासिन्दाको घरमा उज्यालो बनाउन उक्त क्षेत्रका प्रतिनिधिसभा सांसद महेश्वर गहतराज अथक सक्रिय भएर लागेका छन् । उनकै सक्रियताका कारण केही दिन अघि धामपुर सबस्टेशनमा बिद्युत बाल्न सकिएको थियो । तर ठेकेदारले काम नगर्दा स्टेशनसम्म पुगेको बिजुली घर घरमा लैजान सकिएको छैन ।

घरमा लैजाने बाधा फुकाउन आग्रह गर्दै सांसद अथकले उर्जामन्त्री बर्षमान पुनदेखि नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिगंलाई भेटेका छन् । साँसद अथकले आज नेपाल बिद्धुत प्राधिकरणको केन्द्रीय कार्यालय गइ कार्यकारी निर्देशक कुलमान घिसिङ लाई पनि बाँके राप्तीपारी बगौढा क्षेत्रको बिद्धुतीकरण यथासीघ्र सम्पन्न गर्न माग गरेकाछन ।

बाँके राप्तीपारीको विद्धधुतिकरण पहिला ठेकादारको लापरवाहीका कारण ढिला भएको र अहिले फेरी सामुदायिक ग्रामिण बिद्धुतीकरणका कारण ढीला हुने अवस्था रहेको भन्दै यथा सक्य चाडो समस्याको गाँठो फुकाई समाधान गर्नुपर्ने माग गरेको साँसद अथकले जानकारी गराए । साथै उनले ग्रामीण बिद्दधुतिकरणका सहायक निर्देशक हरराज न्यौपाने लाई समेत यहाको सामुदायिक विद्धधुतको अवस्थाका बारेमा जानकारी गराएको बताए ।

यस बिषय लाइ आफुहरुले महत्तवका साथ हेरेको छिट्टै समस्याको सामाधान गर्ने हास्वासन कार्यकारी निर्देशक कुलमान घीसिङले बाताएको साँसद अथकले जानकारि दिएकाछन । बाँकेको बिद्धुतीकरण र सिक्टा सिचाइको अनुगमन गर्न मन्त्री बर्षमान पुन यही १९ गते बाँके आउने समेत साँसद अथकले जनाएकाछन ।

प्रकाशित मितिः     १७ कार्तिक २०७६, आईतवार २२:२३  |