‘नेपालगञ्ज–हिल्सा मानसरोवर ‘रुट’ महङ्गो तर छोटो र सहज’


बाँके १८ कात्र्तिक – नेपालगञ्ज–हिल्सा मानसरोवरको तिर्थयात्राको प्रमुख ‘रुट’ हो । यही रुट भए सिजनमै संयौ भारतीय तिर्थयात्रीहरु कैलाश मानसरोवरको दर्शन गर्न जान्छन् । तिर्थयात्रीको कारण नेपालगञ्ज, सिमिकोटका होटल भरिभराउ हुने गरेका छन् भने हवाई कम्पनीलाई मनग्य आम्दानी हुने गरेको छ ।

सेवा तथा पर्यटन क्षेत्रका लागि आम्दानीको प्रमुख स्रोत रहेको मानसरोवर तिर्थयात्रालाई कसरी स्थायी बनाउने भन्ने बारेमा चिन्तन मनन् गर्नुपर्ने देखिन्छ । किनकी यो रुट तातोपानी र केरुङ्ग नाकाको बिकल्पमा खुल्ला भएको हो । भूकम्पले अवरोध गरेसंगै तातोपानी नाका बन्द भएसंगै नेपालगञ्ज–हिल्सा नाकाको उदय भएको हो ।

यो रुट छोटो भए पनि खर्चिलो भने छ । नेपालगञ्जमा भारतीय तिर्थयात्रीहरु सडक मार्ग भएर आउँछन् । त्यसपछि नेपालगञ्जबाट सिमिकोटसम्म हवाईजहाज र त्यहाँबाट हिल्सासम्म हेलिकप्टरमा जानुपर्ने भएकाले एयरफेयरकै कारण यहाँको यात्रा महङ्गो हुन गएको हो । तातोपानी र केरुगं नाका भने सडक मार्ग भएरै जानुपर्ने भएकाले कम खर्चिलो भएको हो ।

खर्चिलो भए पनि छोटो र सजिलो रुट भने नेपालगञ्ज र हिल्सा नै भएको सरोकारवालाहरु बताउँछन् । भारतीय राजदूत मञ्जिव सिंह पुरीले समेत यही कुरा बताएका छन् । मानसरोवर तिर्थयात्रीका लागि औषधी लैजान नेपालगञ्जदेखि सिमिकोटसम्म पुगेका पुरीले अनौपचारिक भेटघाटमा यही कुरामा जोड दिएका थिए । उनले यो रुटलाई भारतले प्राथमिकता दिएको बताए । कैलाश दर्शन गर्नेले खर्च गरेर भए पनि छोटो र सजिलो रुट खोज्ने भएकाले यसलाई स्थायी रुट बनाउन प्रयास गनुृपर्ने देखिन्छ ।

प्रकाशित मितिः     १८ कार्तिक २०७६, सोमबार ०७:३२  |