मुगुकी सुत्केरी महिलालाई सेनाको हेलिकप्टरबाट उद्धार


तस्वीर – कृष्ण चौधरी/मुगु

नेपालगञ्ज – नेपाली सेनाको हेलिकप्टरबाट मुगुकी एक सुत्केरी महिलाको उद्धार गरिएको छ । मुगु जिल्ला कर्मारोगं गाउँपालिका ८ की २८ वर्षिया कार्मा योगंजंगलाई सेनाले उद्धार गरी सुर्खेत अस्पताल ल्याइपुर्याएको छ ।

सोमबार साँझ उनलाई उद्धार गरिएको हो । सरकारले सुत्केरीको उद्धारका लागि हवाई एम्बुलेन्स सेवा शुरु गरेपछि धेरै गर्भवती तथा सुत्केरी महिलाको ज्यान जोगिएको छ ।

 

प्रकाशित मितिः     १९ कार्तिक २०७६, मंगलवार १३:००  |