नेपालगञ्ज २० कात्र्तिक – नेपालगञ्ज उपमहानगरपालिकाले सडक अतिक्रमण गरी व्यवसाय गर्नेको सामान जफत भए अबदेखि फिर्ता नगर्ने भएको छ । सडक अतिक्रमण गरी सन्चालनमा रहेका व्यवसाय हटाउन पटक पटक सूचना जारी गर्दा समेत अटेरी गरेको भन्दै उपमहानगरपालिकाले यस्तो निर्णय गरेको हो ।
उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि प्याकुरेलले पटक–पटकको निर्देशनलाई अटेरी गरी फुटपाथमै व्यवसाय गर्नेहरु बढेका कारण यस्तो निर्णयमा पुगिएको हो ।