नेपालगञ्ज २६ कात्र्तिक – २०६३ सालतिर बाँकेको कोहलपुरमा स्थापना भएको महिला उपकार मन्चले आफ्ना सदस्यबाट दश रुपैया बचत उठाउँथ्यो । मन्चका अगुवाहरु गाउँ गाउँमा गएर महिलाको समूह बनाउँथे । त्यही समूहबाट संकलन भएर बनाईएको महिला मन्च आज राष्ट्र बैंकबाट अनुमती प्राप्त घ बर्गको बित्तिय क्षेत्र बन्न सफल भएको छ ।
बिहिवार संस्थाले राष्ट्र बैंकबाट घ बर्गको बित्तिय संस्थाको मान्यता पाएपछि शाखा बिस्तारमा केन्द्ीत भएको अध्यक्ष शान्ति ढकालले जानकारी दिईन । घ बर्गको इजाजत पाएपछि अब संस्थाको नाम उपकार लद्युबित्त संस्था लिमिटेडमा परिणत भएको छ । ‘थोरै पैसाको बचतबाट महिलाले मात्र सुरु गरेको संस्था आज घ बर्गको बित्तिय संस्था बन्न सफल भएको छ । असाध्यै खुसी छु ।’–संस्थाकी अध्यक्ष ढकालले भनिन् । सम्पूर्ण महिलाको सम्पत्तीका रुपमा महिला उपकार मन्च रहेको उनले बताईन ।
२०६० सालमा महिला उपकार मन्चले लद्युबित्त कार्यक्रम सन्चालन गर्ने अनुमति पाएको थियो । त्यसको केही वर्षपछि उसले काम सुरु गरेको हो । अब घ बर्गको अनुमति पाएपछि प्रदेश नम्बर ५ को रुकुम र रोल्पा बाहेक अन्यत्र दश जिल्लामा शाखा बिस्तार गर्न सकिने संस्थाकी प्रमुख कार्यकारी अधिकृत शारदा पोख्रेलले बताईन । अहिले शाखा बिस्तारका लागि उक्त लद्यु बित्तले २० जना कर्मचारी माग गरेको छ ।