टिभिएस शोरुम उद्घाटन गर्दै राजेश हमालले भने,–‘प्रदेश ५ आफ्नै घर’


नेपालगञ्ज २६ कार्तिक – नेपाली सिनेजगतका महानायक राजेश हमालले आज बिहान जगदम्बा मोर्टर्स अन्र्तगत टिभिएसको नेपालगन्जस्थित शोरुम उद्घाटन गरेका छन् । गोर्खा इन्टरप्राईजेज यहाँको आधिकारिक टिभिएस शोरुम हो ।

शोरुम उद्घाटन गर्दै नायक हमालले आफु पनि प्रदेश ५ को बासिन्दा भएको बताए । पाल्पा जन्मिएका हमालले घरमा आएको अनुभुती भएको बताए । जगदम्बा मोटर्सका उपाध्यक्ष दिपक अग्रवालले देशभर टिभिएसको एक सय १ शोरुम र ३ सय भन्दा बढि सर्भिस सेन्टर सन्चालनमा रहेको उल्लेख गरे । उनले नेपालगन्जका सेवाग्राहीको पनि मन जित्ने बताए ।

प्रकाशित मितिः     12:00:12 PM  |