कोहलपुर २६ कात्र्तिक – राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रका बन्यजन्तुबाट हुने मानविय क्षती कम गर्दै मध्यवर्ती क्षेत्रका नागरिकको आयस्तर बृद्धिमा काम गर्नुपर्नेमा जोड दिइएको छ । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको भ्रमण टोलीसंग मंगलवार कोहलपुरमा आयोजित अन्तरक्रियामा सहभागि भएका सरोकारवाला क्षेत्रका नागरिकहरुले उक्त कुरामा जोड दिएका हुन् ।
कार्यक्रमका सहभागिले संरक्षण क्षेत्रका बन्यजन्तुबाट मानविय क्षती मात्र व्यहोरिरहेको दुखेसो पोखे । अब आयआर्जनमुलक काममा संघीय सरकारले सहयोग गर्नुपर्नेमा उनीहरुले जोड दिएको गाभर होमस्टे व्यवस्थापन समितिका संस्थापक अध्यक्ष कृष्ण चौधरीले बताए । उनका अनुसार, कार्यक्रमका सहभागिहरुले पर्यापर्यटन, घरेलु उद्योग जस्ता आयआर्जनमुलक काममा सहयोगी हुने कार्यक्रम सन्चाmन गर्नुपर्ने आवाज उठेको छ ।
भ्रमण टोलीमा सांसदहरु राधा ज्ञवाली, शान्ता चौधरी, राजबहादुर बुढा,शान्तीमाया तामाङ्ग सहभागि थिए । बाँके, बर्दिया राष्ट्रिय निकुञ्ज, कोशीटप्पु आरक्षणको भ्रमणका लागि उक्त टोली देशदौडाहामा निस्किएको हो ।