रु ३ करोड लगानीमा निदान डाइग्नोष्टिक सेन्टर तयार, ‘ए–ग्रेड’को सेवा दिने


 

नेपालगञ्ज २८ कात्र्तिक – रु ३ करोडको लगानीमा नेपालगञ्ज–१० पासाङ्गल्हामुरोडमा निदान डाइग्नोष्टिक हेल्थ केयर प्रालि चाँडै सन्चालनमा आउने भएको छ । उक्त डाइग्नोष्टिक सेन्टर नेपालगञ्जकै अत्याधुनिक सुविधा सम्पन्न भएको सन्चालक शिशिर सापकोटाले बताए । सम्बन्धित क्षेत्रमै सक्रिय रहेका युवाहरु मिलेर उक्त डाइग्नोनिष्टक सेन्टर निर्माण गरेका हुन ।

अन्र्तराष्ट्रियस्तरमा मान्यता पाएको प्रयोगशालाका बिभिन्न उपकरणहरु र प्रविधिबाट बिरामीको बिभिन्न हार्मोन, भिटामिन, क्यान्सर, कल्चर सहित नियमित स्वास्थ्य परीक्षण गरिने सापकोटाले बताए । उनका अनुसार,मंसिर पहिलो हप्तासम्म डाइग्नोष्टिक सेन्टर सन्चालनमा आउने छ ।

 

प्रकाशित मितिः     २८ कार्तिक २०७६, बिहीबार १६:५८  |