नेपालगञ्ज २८ कात्र्तिक – नेपालगञ्जमा रहेको जिभिएन कलेजले छात्राका लागि ‘सेनेटरी नेप्कीन भेण्डोर मेशिन’ सन्चालनमा ल्याएको छ । बिहिवार नेपालगञ्ज उपमहागरपालिकाको कार्यवहाक मेयर उमा थापामगरले उक्त मेशिनको एक कार्यक्रमकाबीच उद्घाट गरिन । सिक्का हालेपछि उक्त मेशिनबाट सेनेटरी प्याड निस्किन्छ ।
छात्राहरुको महिनावारीमा कुनै समस्या नआओस् भने सरकारले नै शिक्षण संस्थामा प्याडको व्यवस्था गर्न बजेट छुट्याएका बेला जिभिएनले आफै यो काम शुरु गरेको हो । अब छात्राहरु महिनावारी हुँदा कलेज नआउने र कुनै प्रकारको समस्याको तनाव लिएर बस्न नपर्ने कलेजका सिइओ गणेश भण्डारीले बताए ।
उक्त मेशिनको उद्घाटन गर्दै कार्यवहाक मेयर थापामगरले निजीक्षेत्रबाट शुरु भएको अभियानलाई स्वागत गरिन । नेपालगञ्ज उपमहानगरपालिकाले पनि सेनेटरी प्याडको व्यवस्था गर्ने बताउँदै उपमेयर थापाले यसले छात्राहरुलाई महिनावारीमा समेत नियमित पढ्न आउन सहयोग गर्नेमा जोड दिईन । कार्यक्रमको सन्चालन लोकराज देवकोटाले गरेका थिए भने सभापतित्व इश्र्वर पौडेलले गरेका थिए ।