बैंकिङ्ग सेवामा सबै नेपालीको पहुँच सुनिश्चित गर्ने नीति अनुरुप यस बैंकले वित्तीय पहुँच विस्तारमा जोड दिदैआएको छ । यसै क्रममा पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरुकोशाखा विस्तार तीव्र रुपमा भइरहेको छ । गत एक वर्षको अवधिमा मात्र बैंक तथा वित्तीय संस्थाका २ हजार भन्दा बढी शाखा थपिएका छन् । कुल ७५३ स्थानीय तहहरुमध्ये ७३९ तहहरुमा वाणिज्य बैंकहरुको शाखा पुगिसकेका छन् । यसैगरी प्रति बैंक शाखा जनसंख्या उल्लेख्य रुपले घट्दै गएको छ भने कुल जनसंख्याको हाराहारीमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप खाता संख्या पुग्ने अवस्थामा छ । यस पृष्ठभूमिमा प्रस्तुत अध्ययनले बैंक तथा वित्तीय संस्थामा निक्षेप खाता रहेको जनसंख्याको आधारमा वित्तीय पहुँचको स्थिति मापन गरेको छ । हेर्नुहोस् नेपाल राष्ट्र बैंकको तथ्यांक…….
बिस्तृत हेर्न यहाँ click गर्नुहोस्Study_Reports–नेपालमा वित्तीय पहुँचको स्थिति-new