कर सप्ताह शुरु, यी हुन उत्कृष्ट करदाता


काठमाण्डौ १ मंसिर – सरकारले सुरु गरेको सबैलाई प्यान कार्यक्रमबाट ७ लाख ९४ हजार करदाता थपिएका छन्। यो सँगै देशभर करदाताको संख्या २९ लाख ६५ हजार पुगेको छ। आन्तरिक राजस्व विभागको तथ्याङक अनुसार ती करदाताबाट कार्तिक २९ गतेसम्म १ खर्ब ४ अर्ब रुपैयाँ राजस्व असुली भएको छ। यो गत वर्षको तुलनमा औसत २३ प्रतिशत बृद्धिदर हो । तर चालू आर्थिक वर्षको लक्ष्य अनुसार भने १३ प्रतिशतले कमी हो ।
आठौं राष्ट्रिय कर दिवस मनाउन आन्तरिक राजस्व विभागको तयारी पूरा भएको छ। देशभर एक हप्तासम्म चल्ने कर दिवसको सम्पूर्ण तयारी पूरा भएको हो । सरकारले यो वर्ष स्वच्छ कर प्रशासनस्विकास र सुशासन भन्ने मुल नाराका साथ कर दिवस मनाउन लागिएको छ। एक हप्तासम्म चल्ने कर दिवसको पहिलो दिन सबैभन्दा धेरै कर तिर्ने १० जना व्यवसायी र ५ जना कर्मचारीलाई सम्मान गरिनेछ ।

यस्तै मंसिर २ देखि ६ गतेसम्म करदाता कार्यलयहरुमा करदाता शिक्षा कार्यक्रम सञ्चालन हुनेछ। दुई गते उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र नेपाल चेम्बरले छलफल कार्यक्रम गर्नेछन्। यसैगरी मंसिर ६ गते मदिरा र ब्रुअरी कम्पनीसँग अन्तरक्रिया गर्नेछ।

यस्ता छन् विभागका आगामी लक्ष्य

वैज्ञानिक अनुमानयोग्य पारदर्शी राजस्व प्रणाली विकास गरी लगानी मैत्री वातावरण सृजना गर्ने उदेश्य विभागले लिएको छ। करयोग्य आर्थिक क्रियाकलापलाई करको दायारामा ल्याउने, गैरकर राजस्वका दरहरुको दायरा विस्तार गर्ने तयारी छ। यस्तै १० लाख भन्दा बढि कर तिर्दा नगद प्रयोग गर्न नपाइने व्यवस्था विभागले गर्दैछ। यसको लागि चेक, ड्राफ्ट वा विदुतीय माध्यमबाट भूक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ।

सामान खरिदमा विद्युतिय माध्यमबाट भूक्तानी गर्दा १० प्रतिशत भ्याट फिर्ता बैंकिङ कार्डबाट गर्न नसकिने भएको छ। तत्कालको लागि राष्ट्र बैंकबाट मान्यता प्राप्त मोबाइल वालेट कम्पनीबाट मात्र भ्याट फिर्ता गर्न सकिने भएको छ।आन्तरिक राजश्व विभागले सबैभन्दा धेरै कर तिर्ने ब्यवसायी तथा प्रतिष्ठानहरुलाई सम्मान गरेको छ । विभागले सर्वा्धिक कर तिर्ने सुर्य नेपाल प्रालिलाई सम्मान गरेको छ। दोस्रोमा सबैभन्दा बढि कर डाबर नेपाल प्रालि, तेस्रोमा जगदम्बा प्रालि, चौथोमा राष्ट्रिय बाणिज्य बैंक छन्।
यसैगरी वर्ड्लिङ्क, बीमातर्फ नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, ब्यापारतर्फ अग्नि इन्टरप्राईजेज, पर्यटनतर्फ तारागाउँ रिजेन्सी सम्मानित भएको छन्। मध्यमस्तरीय कर दाता सबैभन्दा धेरै कर तिर्ने कामाना बिकास बैंक छ। व्यक्तिगततर्फ बढि कर तिर्नेमा सिद्धार्थ राणा छन् भने आन्तरिक करतर्फ घोराही सिमेन्ट सम्मानित भएको छ। सबैलाई अर्थमन्त्री डा. युवराज खतिवडाले सम्मानित गरेका थिए।

प्रकाशित मितिः     १ मंसिर २०७६, आईतवार १०:२३  |