नेपालगञ्ज १ मंसिर – बाँके जिल्लाई पश्चिम पर्यटनको ढोका भनिन्छ । तर यो जिल्ला आफैमा पर्यटकियस्थलका रुपमा समेत विकास भइरहेको छ । धार्मिक, पर्या–पर्यटले पर्यटकको ध्यान खिचेको छ । पश्चिमी पर्यटनको ढोकामा मात्र सीमित हुने नभई आफैमा पनि पर्यटकियस्थलको बिस्तारमा लाग्नुपर्छ भन्ने बहस बाँकेमा शुरु भएको छ ।
बाँके राष्ट्रिय निकुञ्ज, गाभर भ्याली, बागेश्वरी लगायतका धार्मिक पर्यटन यहाँको बिशेषता हो । यसबाहेक नयाँ ठाउँको पनि खोजि गर्नुपर्ने बताउँछन्, होटल एशोसिएशन नेपालका केन्द्रीय सदस्य असित शम्सेर राणा । नेपाल पर्यटक बोर्डले केही दिन अघि नेपालगञ्जमा आयोजना गरेको अन्तरक्रियामा राणाले बाँकेको पर्यटनको सम्भावनाको खोजीका बिषयमा दुईवटा कुरा अघि सारे । जुन बाँकेका लागि नयाँ र साच्चिकै सही सावित पनि हुन सक्छ ।
राणाले राप्ती नदीमा बोटिङ्ग, बागेश्वरी मन्दिरमा आरती र जमुनाह नाकामा ठुला होटलको लाउन्च बिस्तार ! ‘हामीसंग जे छ त्यसैबाट केही न केही गरौं । सम्भावनाको खोजि गरौं । भए ठिक छ हुँदै नभए हाम्रो के लाग्छ ?’– राणाले उक्त कार्यक्रममा भनेका थिए । राप्ती नदीमा बोटिङ्गको सम्भावना खोजि हुनुपर्ने उनको तर्क छ ।
त्यस्तै जमुनाह नाकामा पश्चिमको पर्यटन र हरेक होटलको आफ्नै बिशेषता झल्किने लाउन्च राखे उक्त नाका हुँदै ओहोरदोहोर गर्ने आर्कषित हुने अपेक्षा गरिएको छ । सुख्खा बन्दगाह बनेपछि जमुनाह नाकाबाट मान्छे मात्र हिडडुल गर्ने दिने भएकाले उक्त नाकालाई पर्यटक भित्रा्उने नाकाका रुपमा रुपान्तरण गर्न सकिने अझ सम्भावना रहेको सरोकारावाला निकायका अगुवाहरु बताउँछन् ।
पर्यटन भ्रमण वर्षका प्रदेश ५ का सदस्य कृष्ण चौधरीले बहसमा आएका कुरालाई व्यवहारिकरुपमा कार्यान्वयन गर्ने इच्छा शक्ति चाहिने बताए । त्यसका लागि राज्यका निकायलाई ध्यानार्कषण गराउन सकिने उनको बुझाई रहेको छ ।