पहिलो त्रैमाससम्ममा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको नाफा ३२ प्रतिशतले वृद्धि


नेपालगन्ज -चालू आवको पहिलो त्रैमाससम्ममा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको नाफा ३२ प्रतिशतले वृद्धि भएको छ । बैंकले सो अवधिमा रू. १२ करोड ७४ लाख नाफा कमाएको हो । यो नाफा गत आवको पहिलो त्रैमासमा रू. ९ करोड ६३ लाख नाफा कमाएको थियो । चालू आवको पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो ।

बैंकले भार्गव विकास बैंक र पूर्णिमा विकास बैंकलाई प्राप्ती गरेपछि चुक्तापूँजी रू. १ अर्ब ६२ करोड बाट रू. २ अर्ब ६२ करोड पुगेको छ । रिजर्भ कोषमा रू. ५९ करोड ७२ लाख छुट्याएको छ । पहिलो त्रैमासमा बैंकले रू. २६ अर्ब ८५ करोड निक्षेप संकलन गरेको छ भने रू. २३ अर्ब ४० करोड कर्जा प्रवाह गरेको हो । बैंकको वितरणयोग्य नाफा रू. २ करोड ७८ लाख रहेको छ ।

एनएफआरएस प्रणाली अनुसार बैंकले खुद नाफाबाट विभिन्न शीर्षकमा छुट्याएपछिको नाफा नै वितरणयोग्य नाफा हो । प्रतिशेयर आम्दानी रू. १९ दशमलव १२, मूल्य आम्दानी अनुपात १३ दशमलव २३, तरलता अनुपात २५ दशमलव १४ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १४६ दशमलव ५० छ ।

प्रकाशित मितिः     २ मंसिर २०७६, सोमबार १५:४०  |