कर अधिकृतसंग विद्यार्थीको गुनासो,–‘सामान किन्यो बिल पाइदैन !’


नेपालगञ्ज ३ मंसिर – आठौ राष्ट्रिय कर सप्ताहको अवसर पारेर आन्तरिक राजश्व कार्यालय नेपालगञ्जका कर अधिकृत यतिबेला कलेज र बिद्यालय पुगिरहेका छन् । त्यहाँ उनीहरु बिद्यार्थीहरुसंग कर प्रणालीका विषयमा अन्तरक्रिया र बहस गर्छन् । करका विषयमा विद्यार्थीले व्यवहारिक र सैद्धान्तिक प्रश्न सोध्छन् । कर अधिकृत जबाफ दिन्छन् ।

सोमवार यस्तै कार्यक्रम महेन्द्र बहुमुखी क्याम्पसमा सन्चालन भयो । बिबिएस, एमबिएस र बिबिए अध्यनरत बिद्यार्थी माझ कर अधिकृत नवराज पराजुली र दिपक पौडेलले अन्तरक्रिया गरे । साथमा प्राध्यापक अशोक बस्नेत पनि सहभागि थिए । बिद्यार्थीहरुले कर अधिकृतसंग बजार र बिलिङ्गको अवस्थाका बारेमा गम्भीर चासोसहितको प्रश्न तेर्साए ।

उनीहरुको प्रश्न थियो,–‘एक हजार वा त्यही हाराहारीको सामान किन्यो भने पनि व्यवसायीले बिल दिदैनन् । किन यस्तो ?’ बजारको बास्तविकता झल्किने बिद्यार्थीको प्रश्नको जवाफमा कर अधिकृतले सटिक जवाफ दिदै भने,–‘यसमा व्यवसायीको मात्र होइन, हाम्रो पनि दोष छ की ? बिल नदिने भन्दा नलिने पो समस्या हो की ?’ उपभोक्ताले बिल माग्नुपर्ने नागरिक दायित्व भुल्न नहुने कर अधिकृत पराजुली र पौडेलले बिद्यार्थीलाई सम्झाए ।

‘बिल नलिदा राज्यलाई राजश्व घाटा भइरहेको हुन्छ । बिल नदिएको भन्दा पनि नलिएको समस्या धेरै देखिन्छ । नदिए सरोकारवाला निकायमा भन्न सकिन्छ ।’– पराजुलीले भने । उनले सबैलाई सामान खरिद गर्दा बिल लिने दिने नागरिक दायित्व पुरा गर्न आग्रह समेत गरेका छन् ।

बाँके र बर्दियामा कर सचेतना कस्तो छ ? प्रकाश पौडेलसंगको भिडियो कुराकानी हेर्नुहोस्

प्रकाशित मितिः     ३ मंसिर २०७६, मंगलवार ०८:२९  |