नेपालगञ्ज ३ मंसिर – भ्रमण वर्षको पूर्वसन्ध्यामा पर्यटन मन्त्री योगेश भट्टराई नेपालगञ्ज आउने भएका छन् । यहि मंसिर ७ गते पर्यटनमन्त्री नेपालगञ्ज आउने निश्चित भएको नेकपाका नेता रत्न खत्रीले जानकारी दिए ।
पर्यटन मन्त्री दशैं अघि नै नेपालगञ्ज आउने तयारी थियो । तर व्यस्तताका कारण उनी आउन सकेनन् । मंसिर ७ मा नेपालगञ्ज बिमानस्थलमा ओर्लिए लगत्तै उनको व्यवस्तता शुरु हुने छ ।
बिमानस्थलमा स्तारेन्नती सहित पर्यटनका बिषयमा सरोकारवाला निकायसंग उनको छलफल हुने छ । यहाँ उद्योगी, व्यवसायी लगायतसंग भेट हुने लगभग निश्चित भएको छ । पर्यटन मन्त्रीको आगमनले पश्चिमको ठुलो शहर नेपालगञ्जमा भ्रमण वर्षलाई लिएर उर्जा थपिने छ ।