नेपालगञ्ज ३ कात्र्तिक – बुटवल–तानसेन सडक खण्डको सिद्धबाबा क्षेत्रमा सुरुङ्ग बन्ने निश्चित भए पछि खुसियाली छाएको छ । पहिरोका कारण सवारी दुर्घटना भएर कयौंको ज्यान लिइसकेका कारण उक्त मार्गलाई ‘मृत्युमार्ग’ पनि भनिन्छ । अर्थ मन्त्रालयले भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र लेख्दै बार्षिक बजेटमा १० अर्व १५ करोडको सिमा भित्र रहेर खरिद प्रकृया अगाडि बढाएपछि ‘मृत्युमार्ग’ को अन्त्य हुने प्रतिक्षामा छन् सो क्षेत्रका नागरिकहरु ।
त्यसकारण सुरुङ्ग मार्ग बन्नका लागि स्रोत व्यवस्थापन भएको समाचार आउन थालेपछि त्यसक्षेत्रका नागरिकहरुमा उत्साह संचार भयो । नेकपाका महासचिव समेत रहेका रुपन्देहीका सांसद बिष्णु पौडेलले सिद्धबाबाको सुरुङ्ग निर्माणका लागि अनुभवी कम्पनी छनौट हुने बताए । मंगलवार बिहान रेडियो लुम्बिनीका पत्रकार लक्ष्मण पौडेलसंग कुराकानी गर्दै महासचिव पौडेलले तीन वर्षको अवधिमा काम सकिने बताए । उनले भने,–‘तोकिएकै समयमा निर्माण काम गराउने हाम्रो जोड रहन्छ ।’
सिद्धबाबा सुरुङ्ग मार्ग निर्माण नेकपाका नेता ठाकुर गैरैको प्रतिक्रिया यस्तो छ,–‘मृत्यु मार्गको रुपमा कहलिएको बुटवल पाल्पा सडकको सिद्धबाबा खण्डमा सुरुङ्गमार्ग बनाउने जनताको यात्रा सुरक्षित र सुनिश्चित बनाउने हाम्रो प्रयत्नले सफलता प्राप्त गरेको छ । अब तत्काल टेन्डर गरि गुणस्तरीय र पारदर्शी ढंगले समयमै काम सम्पन्न ग्रर्न निरन्तर प्रयत्न गरिनेनै छ।सबैको साथ सहयोग जरुरी छ ।सरकार लाई हार्दिक धन्यवाद ।’
त्यस्तै पाल्पाका सांसद एवं पूर्वमन्त्री सोमनाथ पाण्डेको प्रतिक्रिया,– ‘सिद्धबाबा बजेटको सुनिश्चितता ! पाल्पाली जनताले सबैभन्दा धेरै महत्त्व दिएको सिद्धबाबा सुरूङ मार्गका लागि नेपाल सरकार अर्थ मन्त्रालयले १० अर्व बजेट सुनिश्चित गर्ने निर्णय गरेको छ । भौतिक निर्माण मन्त्रालय, सडक विभाग, अर्थ मन्त्रालयले जनता, जनप्रतिनिधिको तिव्र आकांक्षामा साथ दिएकोमा धन्यवाद । अब शीघ्रातिशीघ्र टेण्डर आह्वान गर्ने र ठेक्कामा जाने वातावरण बन्न सकोस् । त्यो खुशी हुने दिनको प्रतिक्षामा छु ।’
रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य, नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेलसँग रेडियो लुम्बिनीको नियमित स्तम्भ आजको सन्दर्भमा पत्रकार लक्ष्मण पौडेलले गर्नुभएको कुराकानी-