गोकर्ण बिष्टले भने,–‘जति दिन मन्त्रीको रुपमा रहेँ,ज्यामी माहुरीले झैं काम गरे’


नेपालगञ्ज ५ मंसिर – मन्त्रिपरिषद पुर्नगठन गर्दा धेरैले रुचाएका श्रममन्त्री गोकर्ण बिष्ट बाहिरिए । बिष्टकोलाई मन्त्रिपरिषदबाट हटाएकोमा सरकारको आलोचना भएको छ । सामाजिक सञ्जालमा बिष्टप्रति सहानुभुती प्रकट गर्दै उनको पक्षमा लेख्नेको लहर नै लागेको छ ।

बिष्ट स्वयंले यस बारेमा सामाजिक सन्जालमा प्रतिक्रिया दिएका छन् । उनले जति दिन श्रममन्त्रीको रुपमा रहेँ, त्यतिन्जेल ज्यामी माहुरीले झैं काम गरेको बताएका छन् । उनले मन्त्रीको रुपमा काम गर्ने अवसर दिएकोमा प्रधानमन्त्रीलाई धन्यबाद पनि दिएका छन् । हेर्नुहोस् उनको स्ट्याटस् –

‘जति दिन श्रममन्त्रीको रुपमा रहेँ – वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु, पसिनाको मूल्य नपाएका श्रमिकहरु र वेरोजगार युवाहरुको पक्षमा इमानदारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेँ । अहिले मन्त्रीबाट बाहिरिएको छु ( थप उर्जा र प्रेरणाका साथ । मन्त्रीको रुपमा काम गर्ने अवसर प्रदान गर्ने सम्मानीय प्रधानमन्त्रीज्यूप्रति कृतज्ञ छु । सुधार अभियानमा साथ दिने सहयोगी, शुभचिन्तक एवं सबै दाजुभाइ दिदीबहिनीहरुलाई हार्दिक धन्यवाद !’

प्रकाशित मितिः     ५ मंसिर २०७६, बिहीबार ११:१३  |