नेपालगञ्जमा शनिवार यस्तो छ पर्यटन मन्त्री भट्टराईको व्यस्त तालिका


नेपालगञ्ज ६ मंसिर – पर्यटन मन्त्री योगेश भट्टराई भोली शनिवार नेपालगञ्जका बिभिन्न कार्यक्रममा व्यस्त रहने भएका छन् । मन्त्री भट्टराई नेपालगञ्ज शुक्रवार नै नेपालगन्ज आइसकेका छन् । उनले यहाँ आउने बित्तिकै व्यवसायीक क्षेत्रसंग भेटघाट गरेका छन ।

नेपालगञ्जमा मन्त्री भट्टराईका अति नै व्यस्त तालिका रहेका छन् । उनी बिहान नेपालगञ्ज म्याराथनकाको उद्घाटन कार्यक्रममा सहभागि हुने छन् । यो कार्यक्रम बिहान ६ बजे शुरु हुने छ । त्यसलगत्तै उनी वाटरपार्क परियोजनाको निरीक्षणमा जाने जनाइएको छ ।

मन्त्री भट्टराई वाटरपार्क आयोजनाको निरीक्षण गरिसकेपछि राँझा बिमानस्थलको स्तारेन्न्तीका बिषयमा हुने छलफलमा सहभागि हुने छ । त्यसपछि उनी नेपालगञ्ज उद्योग वाणिज्य संघको साधारणसभाको प्रमुख अतिथीका रुपमा उद्घाटन सत्रमा सहभागि रहने जनाइएको छ ।

प्रकाशित मितिः     ७ मंसिर २०७६, शनिबार ०७:२०  |