५० करोडको लगानीमा भैरहवामा खुल्यो मौर्या होटल


भैरहवा । ब्यवसायीक कारोबार गर्दै आएका राम बहादुर कोइरीको ५० करोडको एकल लगानीमा भैरहवामा होटल मौर्या संचालनमा आएको छ । पश्चिमाञ्चलमै अत्याधुनिक सेवा सुविधासहित मौर्या होटलले सेवा प्रदान गर्ने संचालकको भनाई छ ।

भैरहवाको नया सडकमा रहेको ६ तल्ले होटलको सबै भन्दा माथी प्रेसिडेन्सीयल रुम रहेको छ । तातो, चिसो पानी सहितको जकुजी सेवा रहेको यो कोठा अति विशिष्ठ ब्यक्तिहरुको लागी उपयुक्त रहेको होटलका ब्यवस्थापक अमृत कुमार खनालले बताए । उनले होटलमा १० वटा सुईट र ४३ वटा सुपर डिलक्स गरि जम्मा ५३ कोठा रहेको जानकारी दिए ।

होटलमा बार सहित ईण्डियन, चाईनिज, कन्टिनेन्टल, मुगलाई खानाको स्वाद लिन सक्ने छन् । पर्यटकलाई पिक एण्ड ड्रपको सुविधा दिएको होटलमा यसै क्षेत्रका दक्ष र अनुभव कामदारहरुको टिम रहेको छ ।

करिब ७ कठ्ठा क्षेत्रफलमा फैलिएको यस होटलमा ५० जनाले रोजगार पाएको खनालले जानकारी दिए । यति मात्र हैन आवश्यकता अनुसार होटलले आफ्ना सेवाहरु थप परिष्कृत गर्दै लैजाने उनले बताए ।

होटलमा ३ सय ५० जना अटाउने र ५० जना अटाउने अलग अलग दुईवटा हल रहेकोले स्थानिय स्तरमा हुने कार्यक्रमहरुो लागी उपर्युक्त रहेको संचालकको भनाई छ । यस बाहेक रेष्टुरेण्ट, बार लगायतको सुविधा पनि रहेको छ ।

प्रदेश ५ सरकारको लुम्बिनी भ्रमण बर्ष र नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरि होटलका ग्राहकलाई बिशेष सुविधाहरु प्रदान गर्ने होटलका संरक्षक राम बहादुर कोइरीले बताए ।

उनले बिशेषगरी भारतीय पर्यटकलाई लक्षित गरि होटल संचालनमा ल्याइए पनि स्थानीय कर्पोरेटहरुका लागी पनि बिशेष सुविधामा होटल उपलब्ध गराउने बताए ।

करिब २७ महिना लगाएरु होटल तयार गरिएको बताउदै कोईरीले यहि जेठ भित्र नै होटललाई चार तारेको रुपमा मान्यता दिलाउने बताए । यसलाई बढाउँदै एकसय कोठामा पु¥याउने छौ, क्यासिनो, स्विमिङ्ग पुल, जिम लगायतको सुविधा पनि थप्दैछौ ।”

कोईरीले भने “होटल लाईनमै रस पसेको छ, यस लगत्तै लुम्बिनी रोडमा रहेको ५ बिगहा जग्गामा समेत होटल बनाउने निर्णय गरेको छु ।”
२५ करोड आफ्नो र २५ करोड श्रीमती निर्मला मुरावको गरि जम्मा ५० करोडको लगानीमा होटल मंसिरको ७ गते देखि संचालनमा ल्याईएको कोईरीले जानकारी दिए ।

प्रकाशित मितिः     १० मंसिर २०७६, मंगलवार ०७:४५  |