नेपालगञ्ज १० मंसिर – नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचन आगामी माघ ११ गते हुने भएको छ । आज केहीबेर अघि अध्यक्ष नन्दलाल बैश्यको अध्यक्षतामा बसेको बैठकले निर्वाचन सम्बन्धी मिति टुङ्गो लगाएको हो । निर्वाचनका लागि अधिवक्ता टिकाजङ्ग शाहीलाई आयूक्त चयन गर्ने निर्णय भएको छ ।