‘बैंकको सर्भिस चार्ज महङ्गो भयो, भारु नोट पाइएन’–नन्दलाल बैश्य


नेपालगञ्ज ११ मंसिर – नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले बैंक तथा वित्तीय संस्थाहरुले सर्भिर चार्जका नाममा दुःख दिने काम गरेको बताएका छन् । उनले अनावश्यक सर्भिस चार्ज हेरफेर गर्न आग्रह गरे । त्यस्तै बजारमा भारु नोटको अभाव भएको र त्यसको व्यवस्थापन गर्न बैश्यले कहिले हुन्छ भन्दै प्रश्न गरेका थिए । उनले निजी बैंकबाट पनि भारु नोट पाउने सुविधा हुनुपर्नेमा जोड दिएका छन् ।

नेपाल राष्ट्र बैंक नेपालगञ्ज कार्यालयका प्रमुख निर्देशक मुक्तिप्रसाद शर्मा समेत भएको भएको एउटा कार्यक्रममा बैश्यले उक्त कुरामा जोड दिएका थिए । शेयर बजारसंग जोडिएको अन्तरक्रिया भए पनि बैंक तथा वित्तीय क्षेत्रका विषयमा पनि कुरा उठेको थियो । उनी भन्दा पहिले बोलेका निर्देशक शर्माले बैंकले गुनासो सम्बोधन नगरे कार्यालयमा आएर भन्न सकिने नेपाल राष्ट्र बैंक नेपालगञ्जका निर्देशक मुक्तिप्रसाद शर्माले बताए ।

उनी भन्छन्,–‘बैंक तथा वित्तीय संस्थाले आफ्ना सेवाग्राहीलाई पक्कै पनि राम्रै सेवा दिइरहेका होलान् । आफ्ना सेवाग्राहीलाई राम्रो नगरौ भनेर पक्कै कसैले भन्दैन । तर यदि त्यस्तो अवस्था आए हाम्रो कार्यालयमा गुनासो गर्न आउन सक्नुहुन्छ ।’ नेपाल राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था नियमन गर्ने सर्बोच्च निकाय हो । राष्ट्र बैंकको नेपालगञ्ज कार्यालयले बाँके, बर्दिया लगायतका जिल्ला हेर्ने गर्दछ ।

प्रकाशित मितिः     ११ मंसिर २०७६, बुधबार १५:२५  |