भैरहवामा भाट–भटेनी सुपरमार्केट मंसिर २६ गते उद्घाटन हुने, यस्तो छ तयारी


नेपालगञ्ज १३ मंसिर – सुपरमार्केट संस्कृति भित्र्याउने भाट–भटेनीले यहि मंसिर २६ गतेदेखि भैरहवा शाखा सञ्चालन गर्दैछ । अहिले व्यवस्थापन पक्ष र कर्मचारीलाई त्यसको तयारी गर्न भ्याई–नभ्याई छ । उद्घाटन कार्यक्रममा सहभागि हुन भाट–भटेनी सुपर मार्केटका अध्यक्ष मीन बहादुर गुरुङ्गले आग्रह गरेका छन् ।

सिद्धार्थनगर –७ जनकपथमा भाट–भटेनी सुपरमार्केट सन्चालनमा आउन लागेको हो । उद्घाटनको अवसरमा हरेक सामान दश प्रतिशतसम्म छुट दिने घोषणा समेत गरिएको छ । भैरहवा शाखा सन्चालन पछि नेपालगञ्जमा भाटभटेनीको उद्घाटन हुने छ । नेपालगञ्जमा अहिले भाटभटेनीको पूर्वाधार निर्माणको काम धमाधम भइरहेको छ । फागुण महिनामा सन्चालन गर्ने लक्ष्य राखिएको छ ।

प्रकाशित मितिः     १३ मंसिर २०७६, शुक्रबार १०:१७  |