कोहलपुरमा एक हजार ६३४ मत खस्यो, नतिजा आजै


बाँकेको कोहलपुर नगरपालिका वडा नं. ६ मा वडाध्यक्ष पदका लागि आज भएको उपनिर्वाचनमा कुल ८० दशमलव ६५ प्रतिशत अर्थात् एक हजार ६३४ मत खसेको छ । जसमा ७५१ जना पुरुष र ८८३ महिलाले मतदान गरेका छन् । दुई हजार २६ मतदाता रहेकोमध्ये ३९२ मत नखसेको प्रमूख निर्वाचन अधिकृत षडानन्द तिवारीले जानकारी दिए ।

निर्वाचन अवधिभर कुनै पनि अप्रिय घटना नभएको बताउँदै उनले भने, ‘शान्त र व्ब्यवस्थित वातावरणमा मतदान सम्पन्न भएको जनाएका छन । मतगणना आजै साँझ सात बजेदेखि सुरु हुन्छ । आजै राती १२ बजेभित्र अन्तिम मत परिणाम सार्वजनीक गर्नेगरी तयारीमा निर्बाचन कार्यालय लागेको छ ।

प्रकाशित मितिः     6:11:52 PM  |