कोहलपुर वडा नं. ६ मा नेकपाका रामशरण थारु बिजयी, नेकपालाई वडा अध्यक्ष प्लस


नेपालगन्ज – नेपाली काँग्रेसका वडा अध्यक्षको निधन पछि बाँकेको कोहलपुर नगरपालिका वडा नं. ६ मा भएको उपनिर्वाचनमा नेकपाका राम शरण थारु ८०० मत पाएर विजयी भएका छन् । नेपाली काँग्रेसका श्रीकृष्ण थारुले मत ७३६ मत ल्याए । बाँकेमा उपनिर्वाचन पछि नेपाली काँग्रेसले एउटा वडा गुमाएको छ भने नेकपामा थपिएको छ ।

उक्त वडामा जम्मा मतदाता २०२६ रहेकोमा आज भएको निर्वाचनमा १६३४ खसेको थियोे । नेपाली काँग्रेसबाट विजयी वडा अध्यक्षको निधन भएकोले उपनिर्वाचन भएको हो ।

प्रकाशित मितिः     1:19:23 AM  |