प्रदेश ५ मा के-केमा लाग्छ मनोरन्जन कर ? हेर्नुहोस् बिस्तृत


प्रदेश ५ सरकारले मनोरञ्जनमा पाँच प्रतिशत कर लगाएको छ । अब चलचित्र, नाटक घर, थियटर, टिकट काटेर देखाइने खेल, सर्कस, मेला, जादु र विभिन्न मेला प्रदर्शनीको टिकट मुल्यमा पाँच प्रतिशत कर लगाएको हो । टिकटको व्यवस्था नभएका मेला प्रदर्शनीमा दिनको हिसाब र जिल्लाको वर्गिकरणको हिसाबले एकमुष्ट दुई हजार पाँच सयदेखि एक लाख पचास हजार रुपयाँसम्म शुल्क तिर्नुपर्ने छ ।

जसअनुसार सर्कस एक दिनका लागि ‘क’ वर्गको जिल्लामा १० हजार, ‘ख’ वर्गको जिल्लामा ५ हजार र ‘ग’ बर्गको जिल्लामा २ हजार ५ सय रुपयाँ तिर्नु पर्ने छ । सात दिन सम्म लाग्ने मेलारप्रदर्शनीका लागि ‘क’ वर्गको जिल्लामा ५० हजार, ‘ख’ बर्गको जिल्लामा २५ हजार र ‘ग’ वर्गको जिल्लामा १२ हजार रुपयाँ शुल्क लाग्ने छ ।

बिस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस्मनोरञ्जन कर नियमावली, २०७६_1574142976 

आठ दिनदेखि १५ दिनसम्म लाग्ने मेलारप्रदर्शनीका लागि ‘क’ वर्गको जिल्लामा १ लाख, ‘ख’ वर्गको जिल्लामा ५० हजार र ‘ग’ वर्गको जिल्लामा २५ हजार रुपैयाँ शुल्क बुझाउनु पर्ने छ । त्यसैगरी १६ दिन देखि १ महिनासम्म सञ्चालन हुने प्रदर्शनीका लागि ‘क’ वर्गको जिल्लामा १ लाख ५० हजार, ‘ख’ बर्गको जिल्लामा ७५ हजार र ‘ग’ बर्गका लागि ३७ हजार रुपयाँ शुल्क लाग्ने छ ।

प्रदेशका १२ जिल्लामध्ये रुपन्देही,नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), कपिलबस्तु, दाङ, बाँके र बर्दीया लाई ‘क’ बर्गमा वर्गिकरण गरिएको छ भने पाल्पा, गुल्मी, अर्घाखाँची र प्यूठानलाई ‘ख’ बर्गमा बर्गीकरण गरिएको छ । रोल्पा र रुकुम पूर्वलाई ‘ग’ वर्गमा राखिएको छ । प्रदेश सरकारले टिभी. केवल नेटवर्क र डिस होम टिभीको रिचार्ज रकममा पनि कर लगाउने भएको छ । टिभी केवल नेटवर्कको हकमा १ प्रतिशत र डिसहोम टिभीको हकमा रिचार्ज रकमको २ प्रतिशत कर लगाउने प्रस्ताव गरिएको छ ।

प्रकाशित मितिः     १५ मंसिर २०७६, आईतवार १५:५५  |