नेपालगञ्ज बिमानस्थल छिर्ने बित्तिकै तपाई बिभिन्न कम्पनीका बिज्ञापन देख्न सक्नुहुन्छ । त्यो भन्दा अझ यात्रु कक्ष जानुभयो भने त सिमेन्ट उद्योगका बिज्ञापन सहितका पोस्टरले भरिभराउ छन् । यस्तो बिज्ञापनले सरकारी आम्दानी बढाए पनि बिमानस्थलको सौन्र्दयतालाई इट्टा थप्न भने सकेको छैन् ।
पश्चिमकै सबैभन्दा ठुलो र अति व्यस्त बिमानस्थलमा नेपालगञ्ज र पश्चिम चिनाउने एउटै पनि तस्विर छैनन् । एउटा सानो डिजिटल बोर्डमा यस क्षेत्रको पर्यटकियस्थल झल्किने व्यवस्था मिलाइएको छ । तर ठुला ठुला सिमेन्टका बिज्ञापनका अगाडी उक्त डिजिटल बोर्डमा कसैको आँखा लाग्दैन । अन्यत्रबाट नेपालगञ्ज आउने स्वदेशी तथा विदेशी यात्रुलाई सबैभन्दा पहिले पश्चिम चिनाउने भरपर्दो माध्यम भनेकै बिमानस्थल हो । पहिलो पटक यहाँ आउने नजरमा सिमेन्ट लगायत अनय उत्पादन माथि उनीहरुकने नजर पर्ने अवस्था छ ।
पश्चिमको पर्यटकियस्थल चिनाउन बिमानस्थलमा यस क्षेत्रका उत्कृष्ट पर्यटकिय गन्तव्यका ठुला तस्विरहरु राख्ने व्यवस्था मिलाउन सक्नु सरोकारावाल अगुवाहरु बताउँछन् । बिमानस्थल मात्र होइन नेपालगञ्ज र कोहलपुरका बसपार्कको अवस्था पनि त्यस्तै छ । भ्रमण वर्ष नजिक आएका बेला पश्चिमका पर्यटकियस्थल चिनाउन सार्वजनिक ठाउँमा पर्यटकियस्थलका तस्विर राख्न जरुरी देखिन्छ ।