भारतीय अटो बजारमा अहिले निकै ठूलो मन्दि देखापरेको छ । हरेक महिना सवारीसाधनको बिक्री खस्किरहेको छ । नोभेम्वर महिनामा प्राय सबैजसो अटोमोबाइल ब्रान्डको बिक्री अक्टोबरको तुलनामा फराकिलो अनुपातमा घटेको छ । यद्यपी मारुती सुजुकीको हकमा भने केही संख्या बढेको देखिन्छ । अक्टोबरमा मारुती सजुकी १ लाख ३९ हजार १ सय २१ थान बिक्री भएकोमा नोभेम्वरमा यो संख्या बढेर कुल १ लाख ३९ हजार १ सय ३३ पुगेको छ । यो एक महिनाको अन्तरालमा मारुती सुजुकीले १२ थान बढी गाडी बिक्री गर्न सफल भएको हो ।
दोस्रो ठूलो बजार भएको हुन्डाईको यो अबधीमा ५ हजार ४ सय १० थान कार कम बिक्री भएको छ । उक्त कम्पनीले अक्टोबर महिनामा कुल ५० हजार १० थान कार बिक्री गरेकोमा नोभेम्बरमा जम्मा ४४ हजार ६ सय थानमा मात्र सिमित भयो ।
तेस्रो ठूलो बजार भएको महिन्द्राको बिक्रीमा पनि यो अबधीमा ३ हजार ६ सय ८३ थानले कमि आएको छ । अक्टोबरमा महिन्द्राले १७ हजार ९ सय २३ थान गाडी बिक्री गरेकोमा नोभेम्वरमा उक्त संख्या घटेर १४ हजार २ सय ४० थान पुगेको हो ।
त्यसैगरी टाटाको बिक्री २ हजार ७ सय ६९ थानले कमी भएको छ । अक्टोबरमा टाटाले कुल १३ हजार १ सय ६९ थान कार बिक्री गरेको थियो । जुन नोभेम्वर महिनामा आइपुग्दा १० हजार ४ सय थानमा सिमित हुन पुग्यो ।
एउटा मात्रै मोडलको कारोबार गरिरहेको कियाले यो अवधीमा बिक्री बढाएको छ । अक्टोबरमा सेल्टोस १२ हजार ८ सय ५४ थान बिक्री भएकोमा उक्त संख्या बढेर नेभेम्वरमा १४ हजार ५ थान पुगेको हो । यो एक महिनाको अबधीमा किया मोटर्सले कुल १ हजार १ सय ५१ थान सेल्टोस बढी बिक्री गर्न सफल भएको छ ।
त्यसैगरी, उक्त अबधीमा टोयोटा, होन्डा र फोर्डको बिक्री सबैभन्दा बढी अनुपातमा कम भएको छ । अक्टोबरमा टोयोटाले ११ हजार ८ सय ६६ थान कार बिक्री गरेकेमो नेभेम्वरमा आइपुग्दा उक्त संख्या घटेर ८ हजार ३ सय १२ थानमा सिमित भएको हो । यो अबधीमा टोयोटाले ३ हजार ५ सय ५४ थान कम कार बिक्री गरेको छ । होन्डाले अक्टोबरमा १० हजार १० थान बिक्री गरेको थियो । जुन घटेर नोभेम्वरमा ६ हजार ४ सय ५९ थानमा सिमित भयो । यो अबधीमा होन्डाले ३ हजार ५ सय ५१ थानको बजार गुमाएको छ ।
फोर्डले पनि उक्त एक महिनाको अबधीमा कुल २ हजार ३ सय २५ थानको बजार गुमाएको छ । अक्टोबरमा फोर्डले कुल ७ हजार ७ सय १७ थान कार बिक्री गरेकोमा नोभेम्वरसम्म आइपुग्दा ५ हजार ३ सय ९२ मा सिमति हुनुप¥यो ।
अन्य साना कम्पनीहरु एमजीको २ सय ९७, फक्सवागन २ सय ७६, निशान÷डट्सन १ सय २६, स्कोडा १ सय १२ र जीपको २१६ थानले कमी आएको छ ।