बाँकेमा भ्रमण बर्षको उद्घाटन भब्य बनाउने तयारी


नेपालगञ्ज १९ मंसिर – बाँकेमा भ्रमण वर्षको भब्य उद्घाटनको तयारी भएको छ । बिशेषगरी निजीक्षेत्र त्यसको पूर्वतयारीमा जुटेको छ । भ्रमण वर्ष शुरुवात हुने दिन आगामी जनवरी १ मा बाँकेमा बिशेष कार्यक्रम गरिने छ ।

जनवरी १ मा जमुनाह नाका हुँदै आउने बिदेशी पर्यटकलाई भब्य स्वागत गर्ने गरी योजना बन्दै गरेको उक्त तयारीमा सक्रिय सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीका क्षेत्रीय प्रमुख केशव न्यौपानले बताए । जिल्लास्थित पर्यटन प्रर्बधन समिति अन्र्तगतकै कार्यक्रम रहने गरी ठुला होटलका सन्चालकहरु जनवरी १ लाई कसरी बिशेष बनाउन सकिन्छ भनेर आन्तरिक छलफलमा जुटेका छन् ।

न्यौपानेका अनुसार, जनवरी १ गते जमुनाह नाकामा दुई हजार बढि पर्यटक भित्रा्उने र उनीहरुलाई भब्य स्वागत गर्ने गरी योजना बनाएको छ । पर्यटन प्रर्बधनका लागि बनेको प्रदेशस्तरिय समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले बिशेष कार्यक्रमका लागि प्रदेश सरकार र स्थानीय तहको साझेदारी खोजिने बताएका छन् । बाँकेका होमस्टेले पनि भ्रमण वर्ष लक्षित बिशेष अभियान शुरु गर्न लागेको पर्यटन प्रर्बधन प्रदेश समितिका सदस्य कृष्ण चौधरीले बताए ।

प्रकाशित मितिः     १९ मंसिर २०७६, बिहीबार ०८:०६  |